शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचार/ब्लग
  • देउवालाई लाग्दै आएका आरोप पखाल्ने सुवर्ण अवसर 

देउवालाई लाग्दै आएका आरोप पखाल्ने सुवर्ण अवसर 

  • शनिबार, साउन २, २०७८
देउवालाई लाग्दै आएका आरोप पखाल्ने सुवर्ण अवसर 

इतिहासका पानाहरू पल्टाएर हेर्ने हो भने थुप्रै गल्तिका बाबजुद पनि देशकाे राजनीति जतिजति बेला संकटग्रस्त अवस्थामा फस्छ त्यतिबेला नेपाली माटोले नेपाली काङ्ग्रेसलाई खोज्ने गर्दछ । २००७ सालदेखि २०७२ मा जननिर्वाचित सांसदद्वारा लिखित संविधान र संविधान पश्चातको स्थानीय र संघको चुनाव हुँदै अहिले संविधानमाथी नै निर्मम प्रहार हुँदाको बखतलाई नियाल्दा प्रष्ट हुन्छ । तिनै कुराहरूकाे निरन्तरतामा अहिले नेपाली काङ्ग्रेसले नेतृत्व गर्नुपर्ने अवस्था आइलागेको हो । शेरबहादुर देउवालाई लाेकतन्त्र बलियाे बनाउने र सुस्ताएकाे काङ्ग्रेसलाई जगाउने र आफूमाथि लाग्दै आएका आरोप छुटाउने सुवर्ण अवसर प्राप्त भएकाे छ ।
जसरी गिरिजाप्रसाद कोइरालालाई अनेक आरोपहरू लागेका थिए । ६२/६३ को जनआन्दोलनको नेतृत्व गरे, दशवर्ष जङ्गल बसेर युद्ध छेडेको माओवादीलाई शान्तिपूर्ण प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्थामा ल्याउन सफल भए पश्चात् राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा अहिले पनि राजनेताको रूपमा सम्झिने गरिन्छ । जीवनको उत्तरार्धतिर आफूलाई लागेका आरोप पखाल्न सफल भए । त्यसैले बेला बेला गिरिजाप्रसाद जस्तो नेताको आवश्यकता छ भनेर चर्चा पनि चल्ने गर्छ । त्यस्तै गरि भूकम्पले थिलथिलो पारेको अर्थतन्त्र र गरिबिको मार परेको बेला भारतले अघोषित रूपमा नाकाबन्दी लगाउँदा केपि ओलीले लिएको अडानले ओलीलाइ लाग्दै आएका आरोपलाई जनताले माफीसँगै मौका दिए । ‘बहुमत पाए राजनीतिक स्थिरता कायम गर्छौं, विकास र समृद्धिको मूल फुटाउँछौं’ भनेर प्रतिबद्धता जनाएका ओलीले सत्ता सम्हालेपछि पहिलो कार्यकालको उचाई कायम राख्न सकेनन् । आफ्नै शक्ति,अहम् र स्वेच्छाचारिताको बलमा विधि, पद्धति र शासकीय मूल्य, मान्यतालाई नजरअन्दाज गरे । आफूले आफ्नै मूल्याकंन अलि बढी नै गरे । एक होइन अनेकौं असंवैधानिक हर्कतहरू भए । खुलमखुला भारतीय पक्षमाबाट हस्तक्षेप भयो । ओठे राष्ट्रवादको आरोप खेप्नु पर्‍यो । अनेक जालझेल तिकडम गरेर सत्ता हत्याउन खोजे । अन्तमा परमादेशबाट सत्ता छोड्नुपर्ने वातावरणको सिर्जना भयो ।
त्यसैले एउटा सुनौलो मौका शेरबहादुर देउवालाई प्राप्त भएकोछ । सत्ताका लागि जस्तासुकै जोखिम उठाउने नेता भनेर आलोचित हुँदै आएका देउवा विगतका विवादास्पद कार्यशैलीको कारण पाँचौं पटक मुलुकको प्रधानमन्त्री बन्दा धेरै मान्छेले भरोसा गरिहालेका छैनन् । हुन पनि सत्ताकेन्द्रित राजनीतिका लागि देउवाको बदनाम हुन बाँकी कुनै कसर बाँकी छैनन् भन्दा हिचकिचाउनुपर्ने अवस्था छैन । त्यसैले पनि फेरि बदनाम हुने बाटोमै जान्छन् कि भनेर आशंका गर्नसकिने ठाउँ छ । अहिले संवैधानिक र राजनीतिक दुर्घटना रोक्नका लागि विकल्पमा देउवा प्रधानमन्त्री बन्ने स्थिति आएको हो । देउवाले यस अवसरलाई सदुपयोग गर्नसके भने इतिहास रहनेछ । होइन पुरानै कुराहरू दोहोर्‍याउन पुगेभने इतिहासले माफ गर्नेछैन ।
हुनत छोटो छोटो अवधिमा प्रधानमन्त्री भएका देउवाले थुप्रै सामाजिक काम पनि गरेका छन् । पहिलो पटकमै गृहमन्त्री भएका देउवाको सबैभन्दा ठूलो काम कैलाली र बर्दिया जोड्ने चिसापानी पुल बनाएर शुदूरपश्चिम र कर्णालीका जनतालाई देशैभर आउजाउको सुविधा प्राप्त भएको हो । त्यसपछि मात्रै शुदूर र कर्णाली राज्यसँग जोडिन पाएको हो । शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि मात्रै वि.पी कोइरालाको बाटो पछ्याउँदै पिछडिएको भूभाग, सीमान्तकृत, वर्ग, महिला, दलित, जनजाति, मधेस (कदमजम) को अवधारणा मात्रै ल्याएनन्क विशेष वर्ग एवम् समुदायको हितपोषण गर्ने र उत्थानका लागि राष्ट्रिय महिला आयोग, दलित आयोग, आदिवासी आयोग जस्ता विभिन्न आयोग र प्रतिष्ठान सिर्जना गर्नुका साथै कमैया मुक्तिको घोषणा गर्नुभएको थियो । अहिले नेपालका सबै राजनीति पार्टीको संगठनमा अनिवार्य र सरकार सञ्चालनमा ‘कदमजम’कै अवधारणालाइ अंगिकार गरेका छन् । सोहि अनुरूप देशको संविधान पनि निर्माण भएको छ ।
वर्तमान समयमा राष्ट्रका अगाडी तमाम समस्याहरू छन् । तिनको समाधान गर्न काङ्ग्रेस एकढिक्का हुँदै अरू पार्टीलाइ पनि मिलाएर लिनुपर्ने आवस्यकता देखिन्छ । विश्वका लोकतान्त्रिक मूलुकको साथ र समर्थन देउवाले प्राप्त गर्ने नै छन् । देउवा सरकारले फरक काम केही गर्नुपर्दैन । भए गरेका कामलाई सहि रूपमा निरन्तरता दिए पुग्छ । प्रमुख प्रतिपक्षको बेन्चमा बसेर पनि प्रतिपक्षको तर्फबाट जति हुनपर्ने हो त्यति कार्य गर्न नसकेको भन्दै कांग्रेसले गाली खाने स्थिति पुगेको जगजाहेर नै छ । त्यसैले पनि अब देउवासँग संविधान, लोकतन्त्र, आम मानिसको जीवन रुपान्तरण, विकास, कोरोना खोप, स्वास्थ्य(शिक्षामा आम मानिसको पहुँच, संस्थाहरुको क्षमता र स्वायत्तता जस्ता विषयमा नयाँपन देखिनुपर्ने चुनौती छ । संघीयताको सीमा नर्धारण नगरी निर्वाचन गराउँन पाँइदैन भन्ने मधेशवादी दलहरूको चर्को असन्तुष्टी रहेका बेला चुनाव गर्नु फलामको च्युरा चपाउँन सरह थियो । तत्कालिन प्रधानमन्त्री के.पी. शर्मा ओलीले स्थानिय चुनाव गराउँन दलहरूसँग सहमती गर्न नसकि राजिनामा दिनुपरेको थियो । तत्कालीन अवस्थामा तरार्इमा चुनाव गराउँन सक्छन् भनेर सायद कसैले कल्पनापनि गरेका थिएनन् । तर, देउवा प्रधानमन्त्री बनेपछि लचिलो र चाँडै निर्णय लिन सक्ने नेता भएकाले मधेशवादी दलहरूलार्इ सहमतिमा ल्याएर तीन चरणमा भएपनि संविधान कार्यान्वयन गर्ने र्एतिहाँसिक स्थानिय चुनाव गराउँनु सफल हुँनुभयो ।
ओलीको कार्यशैलीका कारण संविधान र शासन प्रणालीले बाटो बिराउने हो कि भन्ने आशंका पैदा भइसकेको थियो । त्यो तत्कालको लागि टरेको छ । तर काङ्ग्रेस कम्युनिस्ट जुनसुकै दलले सरकारको नेतृत्व गरेपनि बिगतका कार्यशैली हेर्दा जो आएपनि उस्तै हुन् भन्ने जमात ठूलो रहेको छ । त्यो आशङ्का मेटाउन विश्वासको मत प्राप्त भयो भने मिलिजुलीको सरकार बन्नेछ । त्यसपछि आफ्नै पार्टी भित्र र बाहिर थुप्रै चुनौतीको सामना गर्नुपर्ने देखिन्छ ।

चर्चामा

सम्बन्धित समाचार