बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • समाचार
  • लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

  • शनिबार, असार १२, २०७८
लागूऔषधसहित महोत्तरीबाट दुई युवक पक्राउ

महोत्तरीबाट लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको औरही नगरपालिका–४ कठुघारबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ बस्ने ३१ बर्षीय जोन कार्की र ३० बर्षीय सुरेश गुरुङ छन् ।

सम्सीबाट गौशालातर्फ जाँदै गरेका यी दुबैको साथबाट फेनारगन २ एमएलको एम्पुल १७ थान, डाइजेल्याब २ एमएलको एम्पुल १७ थान र नुफिन २ एमएलको १७ थान बराबद भएको महोत्तरी प्रहरीका प्रबक्ता प्रकाश विष्टले जानकारी दिए ।

लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको विष्टले बताए ।

चर्चामा

सम्बन्धित समाचार