शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • कोरोना भाइरस (कोभिड-१९) र बच्ने उपाय

कोरोना भाइरस (कोभिड-१९) र बच्ने उपाय

  • सोमवार, जेष्ठ १७, २०७८
कोरोना भाइरस (कोभिड-१९) र बच्ने उपाय

कोरोना भाइरस (कोभिड-१९) संक्रमण फैलिए यता विश्वका अधिकांश मुलुकहरु प्रभावित भएका छन् साथै यो रोगलाई एउटा विश्वव्यापी महामारीको रुपमा घोषणा गरिएको छ । कोभिड-१९ को संक्रमणले एउटा व्यक्तिमा सामान्य देखि गम्भीर प्रकृतिको बिमारी हुने गरेको पाइन्छ र गम्भीर संक्रमणको परिणाम निकै घातक हुनसक्दछ । यसका लक्षणहरुमा सामान्यतः ज्वरो आउने, खोकि लाग्ने र श्वास फेर्न गाह्रो हुने पर्दछन् र यो रोगको गम्भीर लक्षणहरुमा गम्भीर प्रकृतिको निमोनिया र मृगौलाले काम नगर्ने पनि पर्दछन् ।

कोभिड-१९ फैलिने प्रबल सम्भावना भने कुनै संक्रमित व्यक्तिसंगको सम्पर्कमा (२ मिटर भन्दा कम दुरी) आए पश्चात वा त्यस्ता संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउं गर्दा निस्कने छिटाहरु मार्फत हुन्छ । यस्ता छिटाहरु कुनै बस्तु वा सतहमा परेको हुन्छ र त्यसमा भाइस केहि घण्टा देखी केहि दिन सम्म बाच्ने गर्छ । कुनै व्यक्तिले छिटा परेको बस्तु वा सतहमा छोएमा सो भाइरस व्यक्तिको हात र जिऊमा टासिन्छ, भाइरस टाँसिएको हातले व्यक्ति यदि आफनो नाक, मुख वा आँखा छोएमा सो भाइरस व्यक्तिको शरिरमा प्रवेश गर्दछ ।
कोरोना भाइरस (कोभिड-१९) सर्ने तरिका
 कुनै संक्रमित व्यक्तिसंगको सम्पर्कमा (२ मिटर भन्दा कम दुरी) आए
 संक्रमित व्यक्तिले खोक्दा वा हाच्छिउं गर्दा निस्कने छिटाहरु बाट

कोरोना भाइरस (कोभिड-१९) का लक्षणहरु
 ज्वरो आउने
 रुधा खोकि लाग्ने
 श्वास फेर्न गाह्रो हुने
 छाति दुख्ने
 शरिर दुख्ने
 टाउको दुख्ने

कोरोना भाइरस (कोभिड-१९) बाट बच्ने तरिका
 फेस मास्क प्रयोग गर्नुहोस ः घरबाट बाहिर जाँदा अनुहारमा प्रमाणित भएको मास्क वा सर्जिकल मास्क लगाउनुहोस ।
 बानिमा सुधार गर्नुहोस ः सके सम्म नाक, मुख, आँखा र कान छुने बानि हटाउने ।

 शारीरिक दूरी कायम राख्नुहोस ः सार्वजनिक स्थानहरूमा कम्तिमा २ मिटरको भौतिक दूरी जहिले पनि कायम राख्ने ।

 हात सधैं सफा गर्नुहोस स् वेलावेलामा साबुन पानिले ४० देखि ६० सेकेन्ड सम्म मिचिमिचि फिज निकालेर हात धुने खास गरी बाहिरबाट आएर उद्योगमा प्रवेश गर्ने बेला तथा केहि संस्कास्पत ठाँऊमा छुदा । हात धुन नसकेको बेला ७५ प्रतिशत अल्कोहल भएको स्यानिटाइजरले हात स्यानिटाइज गर्ने ।

 राम्रो शिष्टाचार अभ्यास गर्नुहोस स् ह्याछु गर्दा वा खोक्दा जहिलेनि मास्क भित्र वा टिस्यु पेपर भित्र गर्ने वा टिस्यु पेपर मास्क नभए सफा कपडाले छोप्ने ।

 भिड तथा जमघटमा नजाने स् धार्मिक स्थल, सिनेमा हल, जिम, खेल मैदान , आदिमा जानु वा भाग लिनु हुदैन ।

 सहयोगी भाव राख्ने स् कोभिड-१९को लक्षण देखिएका व्यक्तिलाई सहयोग गर्ने, हेरचाह गर्ने । भेदभाव नगर्नुहोस साथै गर्न नदिने ।

 आफनो स्वास्थ्यको स्वंय निगरानी गर्नुहोस स् यदि तपाईंलाई ज्वरो, खोकी वा सास फेर्न गाह्रो छ भने नेपाल सरकारले तोकेको हेल्पलाइन नम्बर १११५ वा १११३ मा बिहान ६ देखि १० बजेसम्म वा ९८५१२५५८३४, ९८५१२५५८३७, ९८५१२५५८३४ मा बिहान ८ देखि बेलुका १० बजे सम्म मद्दतको लागी फोन गर्नुहोस । चिकित्सकबाट थप निर्देशन प्राप्त नभए सम्म आफुलाई अरु व्यक्ति भन्दा अलग राख्नुहोस ।

कोरोना भाइरस (कोभिड-१९) हुदा घरमा आइसोलेसनमा रहँदा पालना गर्ने स्वास्थ्य मापदण्ड
(१) पर्याप्त प्रकाश आउने र हावा खेल्ने छुट्टै कोठामा बस्नुपर्नेछ,
(२) उपचार अवधिभरि बाहिर ननिस्कने र आवश्यक पर्ने सामागी्रहरू परिवारका सदस्यहरू मार्फत मगाउने,
(३) खानपानमा विशेष सावधानी अपनाइ पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुराहरू खाने,
(४) आफुले प्रयोग गरेका भाडाहरू सुरक्षित रूपले सफा गर्ने र राम्रो सँग सुकेपछि मात्रै पुनः प्रयोग गर्ने,
(५) स्नानघर/शौचालयको छुट्टै व्यवस्था मिलाउने र सामुिहक रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएमा संक्रमितले प्रयोग गरेपछि डिसइन्फेक्टेन्टले राम्रो सँग सफा गरे पश्चात मात्रै अन्य सदस्यले प्रयोग गर्ने,
(६) हातधुने बेसिनहरु संक्रमणको श्रोत हनुसक्ने भएकोले दााँत माझ्ने ब्रस लगायतका सामानहरू बेसिन बाहेक छुट्टै स्थानमा राखेर प्रयोग गने,
(७) ढोका, ढोकाका ह्यान्डल, टेबल तथा अन्य सामाग्रीहरू जुन धेरै व्यक्तिहरूले चलाउने वा छुने सम्भावना रहन्छ ती सामानहरूको डिसइन्फेक्टेन्ट प्रयोग गरी नियमित सफा गर्ने,
(८) घरमा हातधुने साबुन र पानीको पर्याप्त व्यवस्था गरी सबै सदस्यहरूले समय समयमा हात सफा गर्ने,
(९) भाँडाकँुडा र कपडा धुदा सकेसम्म पञ्जा लगाएर धुने वा मेसिनमा छुट्टै धुने र राम्रो सँग घाममा सुकाएर मात्रै पनुःप्रयोग गर्ने,
(१०) संक्रमितको हेरचाहको लागि प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति र संक्रमितले अनिवार्य रुपमा मेडिकल मास्क प्रयोग गर्ने,
(११) घरमा बढी जोखिममा रहने समूहहरू (जस्तैः दीर्घरोगीहरू, ६० वर्ष माथिका जेष्ठ नागरिकहरू, गर्भवती तथा सत्ुकेरी महिलाहरू) लाई संक्रमितको सम्पर्क बाट टाढा राख्नुपर्नेछ,
(१२) संक्रमितको दिनमा कम्तीिमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने,
(१३) संक्रमित स्वयंमले वा निजको हेरचाहमा संलग्न परिवारको सदस्यले दिनमा कम्तीिमा २ पटक संक्रमितको स्वास्थ्य अवस्थाको बारेमा सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन वा एस.एम.एस. वा अन्य भर्चुअल विधि तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विकास गरेको मोबाइल एप्लिकेशन मार्फत जानकारी गराउने,
(१४) संक्रमितलाई निम्न अवस्थाहरू देखिएमा निज वा निजको हेरचाहमा संलग्न व्यक्तिले तरुुन्तै सम्बन्धित स्वास्थ्यकर्मीलाई जानकारी दिनुपुर्नेछ :-
१ श्वासप्रश्वासमा कठिनाइ भएमा,
२ छाती दुखे वा भारी महसुस भएमा,
३ओठ तथा अनुहार नीलो देखिएमा,
४ होस हराएमा,
५अन्य कुनै जटिल अवस्था देखिएमा ।
आइसोलेसनबाट छुट्रने सम्बन्धमा
देहायको अवस्थामा संक्रमित व्यक्ति आइसोलेसनबाट छुट्नेछनः-
(क) लक्षणहरू तथा चिन्हहरू नदेखिएको (बकथmउतयmबतष्अ अबकभक) केशको हकमा आइसोलेसनमा बसेको १४ दिन पछि,
(ख) सामान्य लक्षण तथा चिन्हहरू देखिएको (mष्मि अबकभक) केशको हकमा कम्तीमा १४ दिन पछि वा लक्षण तथा चिन्हहरू पुणर् निको भएको ३ दिन पछि ।

चर्चामा

सम्बन्धित समाचार