सोमवार, बैशाख ६, २०७८
  • होमपेज
  • राजनीति
  • आखिर राजनीति केका लागि?

आखिर राजनीति केका लागि?

  • सोमवार, चैत्र २३, २०७७
आखिर राजनीति केका लागि?

सुरेशकुमार पान्डे– मानिशले भन्छन म त यार राजनीतिमा पर्दै पर्दैन।आखिर राजनीति गरेर के फाईदा हुँन्छ?तर उनिहरुले त्यो भन्दापनि जानि नजानी राजनीति गरेकै हुँन्छन।एउटा गर्भमा रहेको भ्रूणले यो संसारमा आउँनको लागि जानि नजानी राजनीति गरिरहेकोछ।आमाको पेटमा उस्ले नौ मैन सम्म राजनीति गर्छ।अनि जन्मीदा बित्तिकै रुन्छ”आमा मलाई बचाउ”त्यो उस्को पहिलो अधिकारको लागि समाजमा लगाएको नारा हो!हो पक्कै पनि उस्ले जानेर गरेको हुँदैन तर त्यो अञ्जानेमा गरेको राजनीति पनि त राजनीतिनै हो।एउटा नवजात शिशु लाई सामाजिक ज्ञान थाहा छैन ज्ञानको परिभाशा शिधान्त उस्लाई थाहा छैन तरपनि उस्ले जुन ठाउँमा बसेको हुँन्छ त्यो ठाउँमा भयको कमि कम्जोरीको बारे मा आवाज उठाएकै हुँन्छ त्यही त हो नी राजनीति।नौ मैना गर्भमा चार पाँच बर्ष आमाको काखमा,अनि बालिग नहुँदा सम्म घर भित्र त्यसपछि समाजमा उस्ले केहि नगरेपनि राजनीति त गरि रहेको हुँन्छ।बालिग भयपछि त उस्ले नीति निर्माण गर्छ।त्यो देशको जिम्मेवार नागरिक हो उस्को उत्तिको अधिकार हुँन्छ जति एउटा प्रधान मन्त्रिको हुँन्छ प्रधान मन्त्री बन्नको लागि कम्तिमा देशको नागरीक हुँनै पर्छ।नगरीक नभयको कुनैपनि देशको प्रधान मन्त्री हुँन सक्दैन त्यसकारण एउटा नागिर र प्रधान मन्त्री राष्ट्र पती सबैको अधिकार त उत्तिनै हो हैशियत उहिहो फरक त जनताले दिएको कार्याभार मात्रै त हो।
समाजमा एउटा नागरीकलाई त्यो सबै लागु हुँन्छ जो एउटा नेतालाई हुँन्छ।एउटा किसानले माल पोत तिर्छ,कमाई बाफत टेक्स तिर्छ,उस्लाई सबै नीयम लागु हुँन्छ तीनै नियम हरु लाई जायज हुँन वा नजायज हुँन भनेर मुल्याङ्कन गर्ने र त्यो ठिक भयो कि बेठिक भयो भन्न नसकेर मौन समर्थन दिनेहरुले भन्छन म राजनीति गर्दैन,म नेताहोईन आदी ईत्यिदी भनेर आफ्नो जिम्मेवारी बाट भाग्ने प्रयात्न गर्छ।
हामिले राजनीति न चाहेर पनि गर्नु परिरहेको हुँन्छ।राजनीतिक नगरेपछि त हामि पशुतुल्य हुँन्छौँ।एउटा बर्गले राजनीति गरेर हाम्रो दोहन गरेको हुँन्छ अनि राजनीति गर्दैन भनेर सदैभरी शोशकले गरेको दोहनको बिरोध गर्नु बाट आफुलाई जोगाउँनुको अर्थ हो हामीले त्यो शोशण युक्त ब्यबस्थालाई सहयोग पुराऊँदै आएकाछौँ।गलित गर्ने र त्यो गलितिको सिकार हुँने दुबै बराबरको हकदार हुँन्छन।जब उस्ले पहिलो गलिती गर्ने बिरुद्धमा आवाज उठाउँदैन र मौन समर्थन दिन्छ,त्यसको बिरोध गर्दैन भने त्यो बराबरको हकदार हुँन्छ।
हामीले राजनीति गरेकै हुन्छौ राजनीति बाट हामि कुनै पनि अबस्थामा टाडा हुँदैनौ।बाँच्दा सम्म जानेर वा नजानेर हामिले राजनीति गरेकै हुँन्छौँ।
हो हामिले राजनीति लाई बहु संख्याकको हक हितको लागि गर्ने कि आफ्नो नीजि स्वार्थको लागि गर्ने त्यो भने हामिले छान्नु पर्छ।
आज धेरै जसोले राजनीतिलाई आफ्नो नीजि स्वार्थमा ढाल्न थालेकाछन।त्यो मात्र होईन राजनीति लाई बिज्निशको रुपमा प्रयोग गर्दै आएकाछन।एउटा राजनीतिक पार्टीले कयौँ ब्याक्तिहरु लाई पेसेबर बनाएर देशलाई बोझ गराएकोछ।राजनीतिको अर्थ जनताको सेवा गर्नु हो जनतामा भ्रमलुट गर्नु कदापि होईन।राजनीति त हामिले आफ्नो काम गरेर पनि गर्न सक्छौँ।तर कयौँले राजनीति पेसाको लागि गर्न थाले।यसबाट देशमा समाजमा र स्वायम पार्टी पंक्तिमा पनि भ्रष्टचार हुँनथाल्यो।पेसेबर नेता कार्या क्रता तब चाहिन्छन जब देशमा क्रान्तिकारीहरुले आमुल परिवर्तनको लागि सशस्त्र शंघर्ष गर्ने योजना बनाउँछन।त्यो बेला हजारौँ लडाकु पार्टीलाई खाँचो पर्छ तर अहिले त्यो अबस्था छैन।अहिले त देशभित्र जनचेतना जगाउँने जनताको बिचमा रहेर भई परिआएका समस्याहरुको समाधानका लागि शंघर्श गर्ने र संगठन निर्माण गर्ने अबस्था हो।यसको अर्थ पेसेवरको आबस्याकतानै छैन भनेर भनेको होईन पेसेवर पेसाको लागि नबनाम भनेको हो।एक जना पेसेवर पार्टीको लागि आफ्नो बलिदान दिन सक्ने क्षामता हुँनु पर्छ तर अहिले आफुलाई चित्त बुझेन भने पार्टी सँगनै बिद्रोह गर्न थाल्छन तिनिहरुलाई पार्टीका बलिया खम्बा भन्न मिल्लदैन।पार्टीका खम्बा बन्नेहरु मात्र पेसेवर हुँन सक्छन।कसैको झोले बनेर आफ्नो र आफ्नो सन्तानको पेट पाल्ने योजना गर्छन भने त्यो पार्टीको लागि दुर्भाग्यानै हो।बिगतका दिनहरुमा कयौँ पाल्टी सँगठनमा जति फाईदा भयको छैन त्यो भन्दा बढी पेसेवर नेताहरु बाट पार्टीलाई नोक्सान भएको देखिन्छ।
मानिसले राजनीति बहुसंख्यक जनता र राष्ट्रीयताको लागि गर्न सक्नु पर्छ।जस्ले राष्ट्रीयताको र जनताको हितमा राजनीति गर्छ उस्ले सकेसम्म देशभक्त जनतान्त्रिक शक्ति सँग मिलेर एकमना एकता गरेर देश र जनताको हितका लागि सदैभरी तैयार रहन्छ।आफ्नो निजि स्वार्थमा पार्टी टुक्रा पार्ने स-साना मुद्धाहरुमा बिद्रोह गर्ने काम कहिलेई गर्दैनन।
झन एउटा क्रान्तिकारी पार्टीले त त्यो पद लोलुप्ता जस्ता घृणित कृयाकलापमा समय खेरा फाल्दैन।बरु नीति गत भैँश छलफल गर्छ भित्र पार्टीको अनुसाशन र गोपनेताको बिपक्षमा उभिदैन।
भाईर एकले आर्काको आलोचना गर्दैन।तर यँहा ईतिहाश गवाछ जुनसुकै पार्टी त्यो कम्युनिष्टको हौश वा प्रतिकृयावादीको आफुलाई चित्त बुझेन भने खुल्लम खुल्ला आलोचना गरेर एकले आर्कालाई गलत प्रमाणित गर्ने प्रयात्न गरिन्छ,त्यस्ताको केभरोशा पार्टीलाई कहिले कुन घुम्तिमा लैजान्छ।यो देशकै लागि पनि दुरभाग्य हो।

आज पत्रकार बुद्धिजीवी समेत पार्टीका प्याउते झोले भएको अबस्थामा आम सर्व साधारणलाई बढि राजनीतिको आबस्याकता पर्छ।जो कुनै पार्टीमा हुँदैनन् उनैलाई बढी अरु पार्टीहरुको सिकार बन्नु परेको हुँन्छ।
अहिलेको राष्ट्रीय परिस्थिति अत्यान्तै जटिलछ यो अबस्थामा हामिलाई राजनीति नगरि नहुँने भयकोछ।कतै बाट हामी जान बुझेर हाम फाल्दा चोट लाग्दैन लागेपनि थोरै लाग्ला यदी अन्जानेमा लड्छौ भने बढी चोट लाग्छ त्यस्तै यो राजनीति पनि हो।यदी हामि जानेर राजनीति गर्छौ भने आउँने दुर्घटना बाट सके बचौँला नोक्सान भयपनि थोरै होला तर अन्जानेमा हामिलाई धेरै ठुलो किमत चुकाउँनु पर्नसक्छ।
राजनीति त जनसेवा हुँनु पर्ने तर यँहा त त्यो पेसा पो बनाएका हुँन्छन।
हामिले बिदेशका गल्लि गल्लिमा हिँडेर समाज सेवा गर्दा कति खुसि लाग्छ।आफु जस्तै जनतामा जान्छौ,दुःख सुख बाँट्छौँ।एकले आर्काको समस्या बुझेर समाधान गर्ने प्रयात्न गर्छौँ।न कुनै जातिय बिभेद हुँन्छ न कुनै लालच हुँन्छ न पद प्रतिष्ठाको लोभ हुँन्छ।जनता को बिचमा कयौँ दुःख पाएर पनि जनताको हक हितका लागि रातो दिन एक गर्छौँ।
कुनै दुर्घटना भयो, बिमार भयो वा असाय अबस्थामा नेपाली भेटियो भने हाम्रो उदेश्य सबै भन्दा पहिले उस्को उपचार गर्ने हुन्छ।त्यो नेपाली को घर काँ हो कुन जातहो कुन पार्टीको हो आदी हामिले सोध्ने गर्दैनौ।एकता समाजको स्थापना काल देखि यो समाज सेवाको काम गर्ने हरुलाई सोध्नु भयो भने उनिहरुले आफ्नो मज्दुरी गरेको पैसा बाट अरुको उत्थानको लागि लगाएका हुँन्छन तर कसैको एउटा रुपिया पनि लिने हिम्मत गर्दैनन्।परदेशमा हाम्रो समाजिक कामको सह्रानियाँ सम्मान हुँन्छ।तर हाम्रो देशको सरकारले एकता समाजलाई सम्मान गर्नुको त टाडाको कुराहो सहयोग सम्म गरेको देखिदैन।यो सबै हुँनुको पछाडि घटिया किसिमको राजनीति हैवी भयर हो।
यद्दापि हामिले बिदेशमा सरकारले गर्नु पर्ने काम गरैका हुँन्छौ।भारत र नेपालको बिच भएको शान्ति तथा मैत्रि सन्धि बाट आएका नेपालीहरुको हक हितको शुरक्षाको रोजगारको न त भारत सरकारले चासो गर्छ न नेपाल सरकारले भारतस्थित नेपालीहरु आफैले बरु बृटीष्ट कालमा भएको सुगौलि सन्धिबाट भारतमा जमिन सँग आएकाहरुको पनि हक हितको रक्षा हामिले भाईचाराको हैशियतले गर्दा उनिहरु हाम्रै शन्तान हुँन भन्ने हाम्लाई लाग्छ तर सरकारलाई त त्यो पनि लाग्दैन।
यसरी पनि हाम्रो संगठनले राजनीति समाज सेवाको लागि गरेको प्रमाणित हुँन्छ।भारत स्थित नेपालिहरुले गरेको सामाजिक काम को परिणाम देशभित्रका तमाम वामपन्थिहरुले उठाएकाछन।राजनीति पेसाको लागि होईन राजनीति देश र समाजको लागि गर्नु पर्छ भन्ने मलाई लाग्छ।

चर्चामा

सम्बन्धित समाचार