बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • कर्तव्य ज्यान मुद्दामा १२ बर्षदेखि फरार अभियुक्त पक्राउ

कर्तव्य ज्यान मुद्दामा १२ बर्षदेखि फरार अभियुक्त पक्राउ

  • आइतवार, चैत्र २२, २०७७
कर्तव्य ज्यान मुद्दामा १२ बर्षदेखि फरार अभियुक्त पक्राउ

जिल्लाको साविक मालाखेती गाविस ९ तथा हालको गोदावरी नगरपालिका ६ खैराना बस्ने ३८ वर्षीय रामप्रसाद चौधरी १२ वर्षपछि पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले २०६५ जेठ २४ गतेदेखि फरार थिए।

चौधरीले आफ्नो बारीमा रहेको फलफूल (आरु) खान गएका सोही स्थानका ६ वर्षीय लक्ष्मण चौधरीसहित ५÷६ जना केटाकेटीहरुलाई लखेटी कुटपिट गर्दा लक्ष्मण चौधरीको छाती लगायतको भागमा चोट लागेको थियो। र सोही स्थानमा बेहोस भइ मृत्यु भएको थियो। घटनामा संलग्न चौधरी सोही स्थानबाट भागेर फरार रहेकोमा निजको खोज तलास जारी रहेको थियो।

प्रहरी टोलीले चैत २१ गते गोदावरी नगरपालिका वडा नम्बर ७ मगरटोलबाट निज चौधरीलाई फेलापारी पक्राउ गरि थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए।

चर्चामा

सम्बन्धित समाचार