आइतवार, बैशाख १६, २०८१
  • होमपेज
  • समाज
  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

  • शुक्रबार, चैत्र १३, २०७७
खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा एक जना पक्राउ

श्रीमतीको हत्या गरेको अरोपमा एक जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको धरान–८ दुर्गापथका ३७ वर्षीय तिलबहादुर माझी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

माझीले ३१ वर्षीया श्रीमती सम्झना माझीको खुकुरी प्रहार गरेर हत्या गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

घटनाका विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार