बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • विचित्र संसार
  • आकाशबाट खसेका ढुङ्गालाई जम्मा गर्छन् यी व्यक्ति, कमाइरहेका छन् करोडौं

आकाशबाट खसेका ढुङ्गालाई जम्मा गर्छन् यी व्यक्ति, कमाइरहेका छन् करोडौं

  • बिहिबार, फाल्गुन २७, २०७७
आकाशबाट खसेका ढुङ्गालाई जम्मा गर्छन् यी व्यक्ति, कमाइरहेका छन् करोडौं

एजेन्सी — आकाशबाट धर्तीमा खस्ने उल्कापिन्डलाई जम्मा गर्ने एक व्यक्तिले करोडौं रुपैयाँ कमाइरहेका छन् । ४८ वर्षका यी व्यक्तिको नाम हो–माइक फार्मर । अमेरिकाको एरिजोनामा बस्ने माइक संसारभरी उल्कापिन्ड डिलरको रुपमा चर्चित भइसकेका छन् ।

द सनको रिपोर्ट अनुसार माइक फार्मरले उल्कापिन्डलाई खगोलविद्देखि असाध्यै धनाढ्यका लागि बेच्ने गर्छन् । तर उल्कापिन्ड संकलन गर्न त्यति सहज भने छैन । थुप्रैपटक उल्कापिन्डको खोजीमा माइक फार्मरले खतरा पनि मोल्नुपर्छ ।

उल्कापिन्डको खोजीमा खतराको सामना गर्नुपर्ने स्थितीलाई माइक भन्छन्, ‘मलाई एड्भेन्चर मनपर्छ र यो काममा मजा आउँछ ।’ माइक उल्कापिन्डको खोजीमा जङ्गल र सुनसान इलाकामा पनि जानुपर्छ । माइकका अनुसार उल्कापिन्डबारे पत्ता लगाउनका लागि उनले असाध्यै धेरै भाग–गुणा गर्नुपर्छ । भाग–गुणामार्फत् नै उनी उल्कापिन्ड कता खस्दैछ वा पूर्वमा कता पट्टी खसेका हुनसक्छन् भनेर अन्दाज लगाउन सक्छन् ।

माइक फार्मर उल्कापिन्ड खरिद पनि गर्छन् र त्यसपछि उचित दाम पाउँदा त्यो बेच्छन् । उनका अनुसार विद्यार्थी ऋणमा उनले सबैभन्दा पहिला सन् १९९५ मा ढुङ्गाको केही टुक्रा खरिद गरेका थिए ।

एकपटक माइक फार्मरले मोरक्कोको भ्रमण गरेका थिए र त्यहाँबाट एउटा ठूलो मून रन खरिद गरे । तर जब उनले यो खरिद गरे तब उनी आफैंलाई पनि उक्त ढुङ्गाको वास्तविकताबारे थाहा थिएन । पछि उनले खरिद गरेको मून रक करिब ११ करोड बढीमा बिक्रि भएको थियो । यो पैसाले उनले आफ्नो ऋण चुक्ता गरिदिए र एउटा घर खरिद गर्न पनि सफल भएका थिए । त्यसपछि उनले यो व्यवसायमा कहिले पनि पछाडि फर्केर हेर्नुपरेको छैन ।

चर्चामा

सम्बन्धित समाचार