बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • राजनीति
  • सुरु भयो सरकार–विप्लवबीचको हस्ताक्षर समारोह

सुरु भयो सरकार–विप्लवबीचको हस्ताक्षर समारोह

  • शुक्रबार, फाल्गुन २१, २०७७
सुरु भयो सरकार–विप्लवबीचको हस्ताक्षर समारोह

सरकार र नेकपा विप्लव समूहबीच भएको वार्ताका क्रममा भएको सहमतिपत्रमा हस्ताक्षर गर्ने समारोह सुरु भएको छ । बिहीबार भएको सहमतिअनुसार हस्ताक्षर समारोह राजधानीको राष्ट्रियसभा गृहमा सुरु भएको छ ।
सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित विद्राही नेकपाका महासचिव विप्लव सहितका नेताहरुको सहभागिता रहेको छ ।

सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो । उक्त सहमतिमा सरकार र सो समूहबीच राजनीतिक विषयहरुको समाधान संवादको माध्यमबाट गर्ने, विप्लव समूहका सम्पूर्ण राजनीतिक क्रियाकलापहरू शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको प्रतिबन्ध हटाउने, राजनीतिक बन्दीहरुको रिहाइ गर्ने र मुद्दा खारेज गर्ने विषयहरु समेटिएका छन् । समारोहलाई प्रधानमन्त्री केपी ओली र विद्रोही विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार