शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • विचित्र संसार
  • नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको अद्भुत भिडियाे सार्वजनिक

नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको अद्भुत भिडियाे सार्वजनिक

  • मङ्लबार, फाल्गुन ११, २०७७
नासाको अन्तरिक्ष यान मङ्गल ग्रहमा अवतरण गरेको अद्भुत भिडियाे सार्वजनिक

अमेरिकी अन्तरिक्ष सम्बन्धी निकाय नासाले अन्तरिक्ष यान पर्सिभिअरन्स रोभर मङ्गल ग्रहमा अवतरण गर्दै गरेको एउटा अद्भुत भिडियाे सार्वजनिक गरेको छ ।

भिडियोमा गएको हप्ता मङ्गल ग्रहमा पर्सिभिअरन्स रोभर अवतरण गर्दाको अन्तिम क्षणलाई देखाइएको छ । भिडियोमा रोबाेटका चक्काले मङ्गल ग्रहको सतहमा टेक्दासम्मको दृश्य समेटिएको बीबीसीले जनाएको छ ।

भिडियाेमा धुलोको फन्का देखिन्छ र मोटर गाडीझैँ देखिने रोबोट अवतरण नजिक पुग्दा धुलोका कणहरू उछिट्टिएर उसको नजिक आएको देखिन्छ ।

अन्तरिक्ष यान पर्सिभिअरन्सलाई रकेटले झुलाउँदै जेजेरो क्रेटर नाम दिइएको मङ्गल ग्रहको सतहमा राखेको थियो । नासाले यानमा क्यामेराहरू बाँधेर पठाइएको थियो । सात वटा क्यामेरा यानको अवतरणको रेकर्डिङका लागि मात्रै राखिएको थियो ।

एक हजार किलोग्राम ताैल भएको उच्च प्रविधियुक्त रोबाेटमा सातवटा उपकरण, कयौँ क्यामेरा, माइक्रोफोन र एउटा ठूलो खन्ने उपकरण जडित छ । यस्तै, अन्तरिक्ष यानमा जीवावशेष अध्ययन गर्नका लागि आवश्यक पर्ने वैज्ञानिक उपकरणहरू राखिएको छ ।

छ वटा पाङ्ग्रा भएको नासाको अन्तरिक्ष यान सात महिनाको यात्रामा ४७ करोड किलोमिटर यात्रा गरेर गएको ७ गते मङ्गल ग्रहमा पुगेको हो ।

हेर्नुहाेस् भिडियाे :

चर्चामा

सम्बन्धित समाचार