शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • राजनीति
  • साईवर सेना विरुद्ध लड्न नेविसंघको पुर्णता अनिवार्य-पौडेल

साईवर सेना विरुद्ध लड्न नेविसंघको पुर्णता अनिवार्य-पौडेल

  • मङ्लबार, फाल्गुन ११, २०७७
साईवर सेना विरुद्ध लड्न नेविसंघको पुर्णता अनिवार्य-पौडेल

नेपाल विद्यार्थी संघका केन्द्रिय उपाध्यक्ष एवम् कांग्रेस युवा नेता मुक्ति पौडेलले नेकपा का साईवर सेना संग लड्न नेवि संघ/तरुण दलमा भर्ती गरेका ५/७ मान्छेले मात्र सम्भव नहुने भन्दै आफ्नै पार्टी सभापति शेर बहादुर देउवालाई तत्काल नेबि संघलाई पुर्णता दिन आग्रह गरेका छन् |

नेकपाले भन्ने गरेका साईवर सेनाहरुलाई हामी साईवर स्याल भन्छौं तर बिडम्बना संगठनले पुर्णता नपाउदा तिनै स्याल संग समेत लड्न नसक्ने अवस्था आएको भन्दै नेता पौडेलले चाडो भन्दा चाडो संगठनलाई पुर्णता दिन चेतावनी दिनुभएको हो ।

अहिले कांग्रेस देश भरी केपि ओलि नेतृत्व को सरकारले असंबैधानिक/अलोकतान्त्रिक तबरले गरेको संसद विघटनको बिरुद्धमा आन्दोलनमा होमिरहेको बेला समेत भातृ संगठनले पुर्णता नपाउदा आन्दोलन केही फितलो भएको छ भने पार्टी सभापतिको आफ्नै पार्टी भित्र आलोचना सुरु भएको छ| नेवि संघ केन्द्रिय समितिमा बसेर आफ्नै पार्टी सभापति विरुद्ध समेत चुनौती दिन सक्ने पौडेल एक्लै विद्यार्थी नेता हुन्  ।

चर्चामा

सम्बन्धित समाचार