शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • समाचार
  • लिखित जबाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

लिखित जबाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

  • सोमवार, फाल्गुन ३, २०७७
लिखित जबाफ बोकेर चार पूर्वप्रधानन्यायाधीश पुगे सर्वोच्च अदालत

अदालतको अवहेलना मुद्दा खेपिरहेका चार पूर्वप्रधानन्यायाधीश आज सर्वोच्च अदालतमा उपस्थित भएका छन् । अदालतले चार पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलाई गत माघ १५ गते अवहेलना मुद्दामा लिखितजबाफसहित आफै उपस्थित हुन आदेश जारी गरेको थियो ।

अधिवक्ता धनजीत बस्नेत र लोचन भट्टराईले दायर गरेको रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले यस्तो आदेश जारी गरेको थियो । चार पूर्वप्रधानन्यायाधीश लिखित जबाफ बोकेर अदालत पुगेका हुन् भने उनीहरुको जबाफ अदालतमा पेश हुने प्रक्रियामा रहेको छ ।

चार पूर्व प्रधानन्यायाधीशले केही अघि संयुक्त विज्ञप्ति जारी गरेका थिए । संयुक्त विज्ञप्तिले न्यायापालिकाको गरिमा घटाउने र प्रतिनिधिसभा विघटनविरुद्ध अदालतमा विचाराधीन मुद्दा प्रभावित पार्ने रिट निवेदकको जिकिर छ ।

रिट निवेदकको माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो भन्नेबारे लिखित जवाफ पेश गर्न इजलासले चार पूर्व प्रधानन्यायाधीशलाई निर्देशन दिएको हो ।

चर्चामा

सम्बन्धित समाचार