शुक्रबार, चैत्र १६, २०८०

गुलामि मानसिकता

  • आइतवार, पुस २६, २०७७
गुलामि मानसिकता

हाम्रो देश त संसारमै गुलाम भयन तर हाम्रो मानसिकता गुलामिछ भन्ने कुरा हाम्रो समग्रह ब्यबहारलेनै पुष्टि गर्छ। राजतन्त्र बिरुद्धको आन्दोलन ताक देशभित्र भर्खरै क्रान्ति आईहाल्छ कि जस्तो अबस्था पनि एक पटक आएको थियो।
शंघर्ष मा ब्याक्तिगत स्वार्थ भन्दा देशको र जनताको हितका लागि सडकमा आन्दोलन हुन्थे।बिदेशका गल्लि सहरबाट देशको राजतन्त्र बिरुद्धको आन्दोलन चर्किन्थ्यो।त्यो बेला छिमेकीको बिस्तारवादी नीतिको बिरुद्ध सचेत रहने र राज तन्त्रको बिरुद्धमा आन्दोलन हाँक्ने हामि सबैको प्रयास हुँन्थ्यो।अनुसाशाति आन्दोलन चलेको हुन्थ्यो।
जब हामि सुरु-सुरुमा आन्दोलनमा लाग्यो त्यो बेला धेरैजसोले राजालाई बिष्णुको औतारनै मान्थे र बिष्णुका औतारनै भन्निन्थ्यो पनि।धेरै जसोले राजतन्त्रको बिरोध गर्नु पागलपनहो राजा भनेका बिष्णुका औतार हुँन,उन्लाई कसैले हराउँन सक्दैन भन्ने गर्थे।
हामि भारतको भूमिमा मज्दुरि गर्ने उदेश्यले आएका हजारौँ मज्दुरहरुको बिचमा त्यो बेला आपसी एकता मात्र साहाराथियो। त्यो आपसको एकता गर्न पनि डर हुँन्थ्यो त्यति सजिलो थिएन।देशभित्र निरंकुश पञ्चायती ब्यबस्था थियो जस्का भरौटेहरु भारतमा पनि थिए,त्यो बेला प्रयाजसो भारतमा अलि हुँनेखाने वा राम्रो नोकरी पेसा भयको मान्छे पञ्चायति ब्यबस्थाको नजिकको हुँन्थ्यो।ठाउँ ठाउमा सि आइडी हरु थिए पञ्च प्रधानका चेला आसे पासे सबै सँग बचेर एक प्रकारले भुमिगत जस्तै रहेर संगठानको निर्मणा गर्नु पर्थ्यो।आर्कोतिर भारत स्थित नेपाली मज्दुर,श्रमजीवी हरुमा धेरै जसोको बानि ब्यहोरा अत्यान्तै खराब थिए।जुवा तास रक्सि फिलम र लाटरी आदिमा ब्यस्थ थिए।छुट्टिवाला दिन मान्छेहरु जुवा खेलेर बिताउँथे नजिक जुवाको अड्डा छैन भने टाडा टाडा गएर भयपनि तास खेल्थे।दिल्लिमा जुवाको अड्डा पहाड गञ्ज,लड्डु घाटी र तिस हजारीमा मसुर थियो अन्तपनि जँहा नेपाली कामदार बस्थे त्यँहा जुवा खेल्ने खेलाउँने काम हुन्थ्यो।जाँड खान मज्नुडिल्ला भन्ने ठाउँमा तिब्बति बस्तिमा जान्थे।समाजमा झाड फुक, छुवाछुत ब्यापक थियो।कसैको क्वाटरमा सितिमिति पस्न गारो हुँन्थ्यो।
अरु ता अरु कसैले बिबहा गरेर सँगै परिवार ल्यायकोछ भने उस्को समस्याको समाधान भन्दा पनि आर्को समस्या बनेर नजिक्किन्थे।नेपाली नेपालीको बिचमा भाईचारा थिएन।मात्रै आफ्नो गाउँले नातेदार छ भने मात्रै नेपाली शुरक्षित हुँन्थ्यो त्यो दयानिय अबस्थामा अखिल भारत नेपाली एकता समाजले एउटा अभिभाबको भुमिका निर्भा गर्न सफल भयो।एकता समाजलेनै आपसमा मैत्रिपूर्ण सम्बन्धलाई स्थापित गराएको हो भन्ने कुरामा आर्को मत नहोला।सन१९७९को नोभेम्वर देखि भारतभरी छरिएर बसेका नेपालीहरुको माझमा रातिको अन्ध्यारामा एउटा जुनकिरी जस्तै बनेर बाटो देखाउँने काम गर्दै आयो।नेपालीहरु विर हुँन्छन बहादुर हुँन्छन तर कस्को हितमा त्यो बहादुरी प्रयोग गर्छन?एउटा यहि सवाल आजपनि ठिङ्ग उभ्भिएकोछ।
हाम्रो देश कहिले गुलाम भयन तर नेपाली जनताको मानसिकता गुलामिनैछ।त्यो पनि एउटा बफादार गुलाम जस्तो आफ्नो मालिक प्रति बफादारछ।उस्ले मालिकले बहादुर जा तेरो भाईलाई दुई झापट हिर्काएर आईज भन्यो भने बे हिचकिच मालिकको आदेशमा आफ्नै भाईलाई झापट लगाएर आउँछ।उस्ले यो सोँच्दैन आखिर त्यो भाईको कसुर केछ।यस्तो बफादार ईमान्दार आफ्नो मालिक प्रति त्यसैको फाईदा बिदेशीले लिएकोछ।हाम्रा बिचका दलाल नेताहरुको बुद्धि भुटेर सदैभरी आपसमा लडाउँदै आएकोछ।हाम्रो बिचको एकताले देशभित्र नयाजनवादी क्रांति सम्पन्न गर्ने थियो,२०४६को त्यो आन्दोलनले राजालाई घुँडा टेकाएको अबस्थामा हाम्रा नेता जस्को राजा प्रतिको बफादारीले गर्दा त्यो आन्दोलनलाई बिचैमा सम्झौतामा लगेर टुङ्गाए।आखिरमा जनताले लामु र बलिदानी पुर्ण गरेको आन्दोलन लाई नेताको राजा भक्तिकै कारण हातमा आएको सत्ता राज दरबारमालगेर सेलाए।परिणाम जनताको अधिकार माछो माछो भेगुतो भयो।त्यो बेला हामिले जनता सँग धोखा भयो भनेर हाक पाय्रो तर मष्तिकमा दलालि पन भरिएको थियो हाम्रो बिचारलाई श्यालहुईया भनियो।
आखिरमा पछि क्रान्ति को नाउमा बन्दुक बोक्नेहरुले गर्दा राजालाई बहाना मिल्यो आफ्नो गुमेको स्वर्गलाई कब्जा गय्रो।हजारौ होनहार क्रांतिकारी युवाहरुलाई बलिदान गरेर छिमेकीकै रोबरमा सम्झौता भयो त्यँहा पनि मालिकलाई खुसि पारेर कलोको आश गरियो।त्यसैको परिणाम हो नागरिकता बिध्यायिका लाई खोकलो पारेको।त्यसोगरेर देशलाई फिजिको अबस्थामा परिणित गर्न कुनैकसर छाडेनन्।यो सबै दलालि मानसिकताको उपज हो।हाम्रो नताहरुले कयौँले राजतन्त्रको गुलामि गर्ने कयौँले भारतको गुलामि गर्ने ब्यबहारले गर्दा आज देशको यो अबस्था आएकोछ।
अहिले प्रचण्डले आफ्नो परिवारको उपचारको बहानामा भारतिय नेताहरु सँग ग्वार मागेको बिभिन्न मिडियाहरु मार्फत बाहिर आई रहेकोछ।यो अबस्थामा जनताले सबै नेताहरुलाई खबरदार गर्नै पर्छ।अहिले संसदको पुर्नबहाली गरेपछि संघियताको खारेजीमा हामि सबैको जोड हुँनु पर्छ।हामि सबै कुनै नेताको पुच्छर बनेर उस्ले जेगरेपनि तालि पिट्न् थाल्यौ भने देश अबस्य खाडलमा जाक्किनेछ।त्यस कारण यो गुलामि मानसिकता लाई त्यागेर देश,गणतन्त्र र धर्म निरपक्षियाताको रक्षा गर्ने जिम्मा आज हामि सबै देशभक्तको काँदमा आएकोछ।

चर्चामा

सम्बन्धित समाचार