शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • ५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

  • शुक्रबार, पुस २४, २०७७
५० वर्षीया महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी पक्राउ

भारतको उत्तर प्रदेशको बदायूं जिल्लामा मन्दिरमा महिलाको सामूहिक बलात्कारपछि हत्याका मुख्य अभियुक्त पुजारी सत्यनारायणलाई पक्राउ गरिएको छ । पुजारीमाथि प्रहरीले ५० हजारको इनाम घोषणा गरेका थिए ।

प्रहरीका अनुसार अभियुक्त पुजारी मेवली गाउँमा एक भक्तको घरमा लुकेर बसेका थिए । गाउँलेले पुजारीलाई पक्राउ गरेर प्रहरीलाई सुम्पिएका हुन् ।

बदायूं जिल्लाको उघैती इलाकामा ५० वर्षीया एक महिलाको सामूहिक बलात्कारपछि हत्या गरिएको थियो । आइतबार बेलुकी महिला पूजा गर्न मन्दिर जाँदा उक्त घटना भएको हो । आरोप मन्दिरका पुजारी र उनका दुई साथीमाथि लागेको छ । प्रहरीले दुई अभियुक्तलाई पहिले नै पक्राउ गरिसकेको छ ।

चर्चामा

सम्बन्धित समाचार