• होमपेज
  • समाज
  • प्रधानमन्त्री ओली समूहले बनायो साइबर सेना, ७५ हजार भन्दा बढी सदस्य

प्रधानमन्त्री ओली समूहले बनायो साइबर सेना, ७५ हजार भन्दा बढी सदस्य

  • बिहिबार, पुस २३, २०७७
प्रधानमन्त्री ओली समूहले बनायो साइबर सेना, ७५ हजार भन्दा बढी सदस्य

पाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली पक्षले साइबर सेना बनाएको छ ।   उनी निकटको समूहले साइबर सेना बनाएर सरकार विरोधीलाई तह लगाउने घोषणा गरेको छ।  सो समूहले ‘क. केपी ओली समर्थक साइबर सेना नामको प्रम समर्थक ग्रुप बनाएको आभियान थालेको छ।

उक्त ग्रुपमा साइबर सेना बन्न चाहिने योग्यता र शर्तहरु पनि राखिएको छ। सरकारविरोधी पोष्टहरु गर्न नपाउने, कम्तिमा ५०० जना आफ्ना साथीलाई ग्रुपमा जोड्नुपर्ने जस्ता शर्त राखिएको छ।

ग्रुप गरिएको एउटा पोष्टमा भनिएको छ, ‘यस ग्रुप एडमिन क. तीर्थ भट्टराईज्यू नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको चौंथो बैठकबाट प्रदेश कमिटी सदस्यमा मनोनित हुनुभएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौँ ’ उक्त समूहमा हालसम्म  ७५ हजार ७ सय भन्दा जना जोडिइसकेका छन्।

 

चर्चामा

सम्बन्धित समाचार