सोमवार, बैशाख ३१, २०८१

सत्ताको मात

  • आइतवार, पुस १२, २०७७
सत्ताको मात

अहिले ओलि र प्रचण्डलाई सत्ता पचेन र त्यो सत्ताको मात संसद बिघटन सम्म आई पुगेकोछ। देशको अबस्था कस्तो छ भनेर बारम बार कोट्याउँन नपर्ला कसै सँग नलुकेको अबस्थाहो।तर नेताको मुखौटा रातो ध्वजामा लुक्दै आएको पक्का पक्कि हो।
जनताहरु देशको बिकाश चाहान्छन त्यसैले उनिहरु मध्यका करिब साठि प्रतिसत जनताले कम्युनिष्टको साशन ब्यबस्था रोज्छन।त्यहि साठिलाई सौ मानेर बिष्लेषण गर्दा सहत्तर प्रतिसतले देशमा आमूल परिवर्तन अथवा क्रान्ति रोजेकाछन।त्यसैको फाईदा उठाउँन अवसरवादी शक्तिले ताना बाना बुनेर त्यो जनतालाई उपयोग गर्छन र गर्दै आएकाछन।हाम्रो देशमा बन्दुक उठाउँने कम्युनिष्ट मात्रै छैनन्!काँग्रेश समेतको ईतिहाशमा सशस्त्र शंघर्ष गर्ने निर्णय गरेकोछ।वैराङ्गिया सम्मेलनमा काग्रेशले पनि सशस्त्र शंघर्ष गर्ने निर्णय गरेका थिए।त्यस पछि के आई सिहँ(कुवँर ईन्द्रजित सिहँ)को पनि छ हालाकि उनि कम्युनिष्ट थिएनन् तर उन्ले गरेको गलतिको सजाय कम्युनिष्टहरु ले भोगेकाछन।जनताले देशमा जनक्रान्ति को माध्यायम बाट गरि खाने बर्गको हातमा सत्ता आवश ताकी देशमा अमन शान्ति कायम रहौश,देश भ्रष्टचार मुक्त हौश,जातिय आधारमा हुँने भेद भाव बन्द हौश लैङ्गिय बिभेद र साररिक रुपमा हुँने उत्पिडन बन्द हौश।आफ्नै देशमा युवाहरुले रोजगार पाउँन आदी यित्यादी आधार भुत आबस्याकताको परिपुर्तिका लागि चलेका तमाम आन्दोलनहरुलाई सफल गराउँन पहल गरेका हुँन्छन।अवसरबादीहरुले जनताको त्यो आन्दोलनको अगुवाई गरेर आफ्नो क्यारिरिष्ट प्रकारको उदेश्य पुरागर्नलाई उपयोग गर्छन।हाम्रो देशको राजनीतिले यसरी गोल चक्र काटेकोछ।मान्छेका अनुहार बदलिन्छन तर शासन ब्यबस्था मा फरक हुँदैन र जनताको उदेश्य पुरा हुँदैन अनि फेरी आर्को आन्दोलनको उठान हुँन्छ अनि त्यहि प्रकार्ले त्यो आन्दोलनको पनि अफसान हुँन्छ।

हाम्रो देशको यो अबस्था कसै बाट लुकेको छैन।तर राज नीति गर्ने नेताहरु, साम्राज्यावादी शक्ति बिस्तारवादी शक्ति र घरेलु सामन्तवादी शक्तिहरुको उदेश्य लुकेको हुँन्छ त्यो शक्तिको उदेश्य लाई ठिक सँग नबुझ्दा हाम्रै बिचमा पनि हाम्रो समाजलाई बाँटेर हाम्रो शंघर्ष लाई कम्जोर बनाएका हुँन्छन।देश भित्रका कम्युनिष्टहरुको अबस्थापनि यहि हो।कम्युनिष्ट आन्दोलन भित्र कम्युनिष्टलाई सखाफ पार्ने उदेश्यले प्रतिकृयावादीहरुको गोटीको रुपमा काम गर्ने वा राजावादीहरुको दलाल बनेर कम्युनिष्टलाई सखाफ पार्ने ठुलो प्रयास हुँदै आएकोछ।कम्युनिष्टको स्थापना लगातै त्यो प्रयात्न हुँदै आयो।डा.कुवर ईन्द्रजित सिहँ कम्युनिष्ट थिएनन तर उन्ले गरेको बिद्रोहीकै कारण नेपालको कम्युनिष्ट आन्दोलनमा प्रतिबन्द लागेको थियो।डा.केसर जञ्ग रायमाझि लाई राजाले उपयोग गर्दै आएकाथिए।कयौँ पटक कम्युनिष्टलाई सखाफ पार्न कम्युनिष्टलाई उपयोग गरिएकोछ।ताकि जनतमा कम्युनिष्टहरु बद्नाम हौउँन र स्वायम जनताले कम्युनिष्टलाई बहिस्कार गरुन र प्रतिगामि शक्तिहरुले फाईदा लिन सकुस यसमा राजावादी शक्ति हिन्दु वादी शक्ति र कथित रुपमा एकाता हुँनेगर्छ।यो हाम्रो छिमेकी राष्ट्रले आफ्नो स्वार्थमा सदैभरी उपयोग गर्दै र उनिहरुलाई प्रोतोशान गर्दै आएकोछ।
झापाको आन्दोलनमा भूमिहिन किसानहरुलाई ठुला जमिन्दार माथि आकार्मण गर्न लगाएर त्यो कम्युनिष्टलाई अलग थलग पार्ने प्रयात्न भयो।यध्यापी त्यो आन्दोलनले जस्को जोत उस्को पोतको नारा दिएको थियो।पछि बिस्तारै देशभरीका किसानलाई अल्लु बनाउँन राजाले भूमिसुधार ल्यायो।त्यो भूमी सुधारलाई अति रञ्जित बनाएर गरिबहरुले कता कति गब्जा गरेको जमिन लाई छाड्न बाध्य गराईयो तर धनीहरुले आफ्ना कमैयाहरुको नाममा पनि ठुला ठुला चौर कब्जा गरेर पछि बेचे वा उनिहरुले उपयोग गरे।त्यो भूमि सुधारले जनतालाई त्यसरी माछो माछो भेगुतो गरायो।बिध्यार्थीको आन्दोलन बाट पुरै देशमा राज तन्त्रको बिरुद्ध चर्केको जन लहरलाई छक्काउँन र शान्त गर्न राजाले जनमत शंघर्ष गरायो पल्टिन लागेको राजाको तख्ता बचाए अनि पञ्चायति ब्यबस्थाको आयु बढाए।

यसमा छिमेकीले सदै राजालाई सहयोग गर्दै आएको हो।जब २०४५मा भारतले नेपालमाथी आर्थिक नाकाबन्धि लगायो त्यसपछि राजाको अडियल रबैया देखेपछि भारतले समेत राज तन्त्रको बिरोध गर्न थाल्यो तर भित्रभित्रै राजालाई वार्गेनिङ्ग गर्न उस्ले पुराना भारतका राजाहरु कर्ण सिहँ जस्तालाई दुत बनाएर नेपाल पठाएको थियो।भारतिय जनताको जन आन्दोलनलाई ब्यापक समर्थन भयकोले भारतले आफ्नो समर्थन राजा बाट हटायो।तर पनि भित्र भित्रै धेरै गुन न लगाएको होईन।एक पटक राम राजा प्रसाद सिहँले कठमाण्डौमा बम पड्काए पछि उनि राज दरवारबाट भाईर निक्लेको हल्ला ब्यापक चल्यो।यध्यापि बम फालेको जिम्मा उन्ले लिएका थिए।२०४६सालको ऐतिहाशिक जन आन्दोलन लाई बेबकुफ बनाउँन जनताको अधिकारलाई दिएको जस्तो गरेर खोस्न राजाले आफै बनाएको सम्बिधानलाई भारतले मौन समर्थन गय्रो तर।पछि नेपाली जनताले लामु समय सम्म शंघर्ष गरेर सम्बिधान सभाले निर्माण गरेको सम्बिधानलाई भारतले समर्थन दिएन।२०४६साल पछिको राजनीतिक गतिबिधीमा भारतको प्रतक्षा हश्तक्षेप रहँदै आएको कुरा कसैबाट पनि लुकेको छैन।टनक पुर सन्धि मा एउटा महाकाली प्याकेज समेत पारित गराउँन ओलिलाई उपयोग गर्यो।छिमेकिले आफ्नो स्वार्थ जो सँग पुरा हुँन्छ उस्लाई उपयोग गर्दै उसैलाई सत्तामा बसाल्ने र स्वार्थ पुरा हुँन नसके सत्ता बाट खसाल्ने गर्दै आएको ईतिहाश छ।माओँवादीहरुको कथित जन्युद्धमा पनि छिमेकीको ठुलो योगदान रहेकोछ त्यस पछि बाह्र बुँदेमा छिमेकीले झण्डै देशलाई खरानि पारेन।यस्ता कयौँ उधारणहरुछन जस्तै डा.बाबुराम प्रधान मन्त्रि भयको बेला बिप्पा पारित नभय देश मर्ज हुँन सक्छ भनेको त्यतिकै अबस्यपनि होईन।
अहिलेको ओलिले संसद बिघटन गरेको पनि छिमेकीको ईसारामा हुँन सक्छ।तर यस बाट अहिले छिमेकीले देशका कम्युनिष्ट भनौदा दुबै शक्तिलाई एउटा यस्तो ईतिहाशको कटघेरामा उभ्भाई दिएकोछ जँहा बाट उनिहरुको राजनीतिक आन्दोलन जेलखान तिर जानेछ।अब उनिहरुको राजनीति अस्तित्व नै समाप्त हुँन बेर लाग्नेछैन।वास्तबमा यो सबै भयको सत्त्ताको मातमा हो।यदि यो संसद बहाल भैन र उनिहरु जनताको माझमा जानु पय्रो भने जनताले ईनको बिक्लप खोज्नेछन।त्यसको फाईदा छिमेकीले उठाउँने प्रयास गर्नेछ।यो अबस्थामा राजावादी शक्तिको हातमा देशको चाबी आउँन सक्ने छैन भन्न गारोछ।अहिले हाम्रो देश ईतिहाशको संकटकालिन अबस्थामा अबस्थितछ।

चर्चामा

सम्बन्धित समाचार