शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ

मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ

  • शनिबार, पुस ४, २०७७
मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जना पक्राउ

धनगढी — कैलालीमा मोटरसाइकलसहित चोरीमा संलग्न गिरोहका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। धनगढीसहित जिल्लाका विभिन्न स्थानबाट चोरी गर्दै आएका ६ जनालाई चोरीका ७ वटा मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरिएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए।

उनका अनुसार पक्राउ पर्नेमा घोडाघोडी नगरपालीका–२ का १९ वर्षीय अर्जुन बिष्ट, सोही ठाउँको जिपि अटोपार्टसका संचालक २२ वर्षीय पारस बिष्ट, २० वर्षीय यमराज बिक, २२ वर्षीय राजेश चौधरी, ३० वर्षीय बिदुर लामिछाने र २० वर्षीय विकास सुवेदी रहेका छन। उनीहरुलाई विभिन्न मितिमा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

धनगढी उप-महानगरपालिका– १ को मालपोत कार्यालय अगाडि पार्किङ गरि राखेका बेला चोरी भएको से३प ३७४ नम्बरको सुपर स्पिलिण्डर मोटरसाईकलको खोजतलासका क्रममा अन्य व्यक्तिलाई समेत पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक बिष्टले बताए। उनीहरुले छुट्टाछुट्टै स्थानबाट चोरी गरेका ७ वटा मोटरसाइकल पनि बरामद गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बरामद भएका मोटरसाईकल र सवारी धनीको विवरण
१) जिल्ला कैलाली ध उ म न पा १४ बस्ने बिनय बानियाको सुपर स्पेलेन्डर से ३ प ३७४ नम्बरको चेसिस नम्बर MBLSA05EKC9K12801 ईन्जिन नम्बर IA05ECC9K12830 भएको मोटर साईकल मोटर साईकल थान १ ।
२) जिल्ला कैलाली जानकी गाउपालीका ९ बस्ने एकिन्द्र शाहको होण्डा टाईगर से ४ प ६४१२ नम्बरको चेसिस नम्बर ME4KCI91LE8061996, ईन्जन नम्बर KCI9E80091180 भएको मोटर साईकल फेलापारी बरामद गरेको हाल सो मोटर साईकलमा से ५ प ८६३ नम्बर प्लेट राखी चलाई रहेको मोटर साईकल थान १।
३) जिल्ला कैलाली धनगढी उपमहानगरपालीका वडा नम्बर ७ बस्ने नगेन्द्र चौधरीको यामाह कम्पनिको FZS से ४ प ८८९८ नम्बर भएको चेसिस न. MEGRG0621G0157789, ईन्जन नम्बर G3C860252858 भएको मोटर साईकल फेलापारी बरामद गरिएको सो मोटर साईकलमा से ५ प २५८० नम्बर प्लेट राखी चलाई रहेको मोटर साईकल थान १।
४) जिल्ला कन्चनपुर महाकाली नगरपालीका वडा नम्बर ९ बस्ने बिनोद खडकाको सुपर स्पेन्डर सु प प्र ०२००३ प २५८२ चेसिस नम्बर MDL4AR071K9400421, ईन्जिन नम्बर 4A10AGR9400571 हाल नम्बर प्लेट नराखेको मोटर साईकल थान १ ।
५) जिल्ला कैलाली धनगढी उपमहानगरपालीका २ बस्ने लाल बहादुर शाहीको सुपर स्पेन्डर म १ प ६४३२ नम्बरको चेसिस नम्बर ME4JC368JB8318657, ईन्जिन नम्बर JC36E2489155 नम्बर प्लेट नभएको मोटर साईकल थान १ ।
६) सुपर स्पेन्डर चेसिस नम्बर MD2A37CZXDWB15747 र ईन्जिन नम्बर GEZWDBO8195 हाल नम्बर प्लेट म १ प ९१८१ राखेको सवारी धनी नखुलेको मोटर साईकल थान १ ।
७) बजाज डिस्कभर नम्बर प्लेट नभएको चेसिस नम्बर MBLHA10EJ99mo3899 र ईन्जिन नम्बर HA10EA99Mo3899 सवारी धनि नखुलेको मोटर साईकल थान १ ।

चर्चामा

सम्बन्धित समाचार