शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • ६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक

६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक

  • शुक्रबार, मंसिर १९, २०७७
६ गर्भवती महिला लिएर साथीको विवाहमा पुगे युवक

विवाह समारोहमा एक व्यक्ति ६ गर्भवती महिलालाई लिएर पुगे र उनले ती सबैको गर्भमा हुर्किरहेको बच्चाको बुवा आफू भएको दाबी गरेका छन् । प्रिटी माइक नामका व्यक्तिको फोटो सोसल मिडियामा निकै चर्चाको विषय बनेको छ ।

प्रिटी माइक नाइजेरियामा बस्छन् र ‘प्लेबोय’ को रुपमा चर्चित छन् । यसअघि पनि उनी थुप्रैपटक चर्चामा आइसकेका छन् । सन् २०१७ मा महिलाको आपत्तिजनक फोटो पोस्ट गरेकोमा उनलाई पक्राउ पनि गरिएको थियो ।

प्रिटी माइक आफ्ना साथी विलियम्स उचेम्बाको विवाहमा ६ गर्भवती महिलासहित पुगे । यसै कारण उनी दुलहा–दुलहीभन्दा बढी चर्चा माइकको छ ।

सोसल मिडियामा प्रिटी माइकले आफू सबैभन्दा राम्रो जीवनयापन गरिरहेको बताउँदै यो कुनै एक्टिङ ट्रिक नभएको बताएका छन् । इन्स्टाग्राममा धेरैले उनलाई दुलहा–दुलहीलाई ओझेलमा पारेको आरोप लगाएका छन् ।

प्लेबोयको रुपमा चर्चित यी व्यक्ति आफ्नो ग्ल्यामरस लाइफको फोटो सोसल मिडियामा पोस्ट गरिरहन्छन् । इन्स्टाग्राममा प्रिटी माइकका तीन लाख बढी फलोआर्स छन् । –एनवाई पोस्ट

चर्चामा

सम्बन्धित समाचार