बुधबार, बैशाख २६, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमान

आगामी तीन दिनको मौसम पूर्वानुमान

  • मङ्लबार, मंसिर १६, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमान

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशभर उल्लेखनीय मौसमी प्रणालीको प्रभाव छैन । भने हाल देशभरको मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, महाशाखाका अनुसार आज दिउँसो देशभर मौसम सामान्यतया सफा रहनेछ र राति राति गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यस्तै, बुधबार दिउँसो बागमती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक बदली रहि बाँकि स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बुधबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, बिहीबार दिउँसो गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहि एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

बिहीबार राति, गण्डकी, बाग्मती र प्रदेश नं १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार