बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • कैदीबन्दी महिलाले कारागारमै जन्माइन् बच्चा !

कैदीबन्दी महिलाले कारागारमै जन्माइन् बच्चा !

  • शनिबार, मंसिर १३, २०७७
कैदीबन्दी महिलाले कारागारमै जन्माइन् बच्चा !

पाँच महिनादेखि  कारागारमा थुनुवा रहेकी एक बन्दी महिलाले काराकारभित्रै बच्चा जन्माएकी छन् । दाङ तुलसीपुरमा  कर्तव्य ज्यान मुद्दामा पाँच महिनादेखि थुनुवा रहेकी प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर २ कि निशा घर्ती अधिकारीले बुधवार छोरी जन्माएकी हुन् । २८ वर्षीया अधिकारी विगत पाँच महिनादेखि तुलसीपुर कारागारमा अनुसन्धानका लागि थुनुवा रहेकी छन् । अहिले बच्चा र आमाको स्वास्थ्य अवस्था कुशल रहेको कारागार तुलसीपुरले जनाएको छ ।

कारागारमा सुत्केरी भएकी अधिकारीलाई तुलसीपुरका टोपबहादुर महतराले आवश्यक सम्पूर्ण सामग्रीहरु सहयोग प्रदान गरेका छन् । बुधवार राप्ती अञ्चल अस्पतालमा सुत्केरी भएकी अधिकारीलाई महतारा दम्पतीले सिरक डसना, नवजात शिशुका लागि आवश्यक पर्ने सम्पूर्ण खाद्य तथा जिन्सी, हर्लिक्स, तेल, घ्यू, फलफूल लगायत सामग्री पनि उपलव्ध गराएका हुन् ।

महतारा दम्पतीले कारागारमा थुनुवा सुत्केरी महिलालाई खाद्य सामग्री पनि सहयोग गरेका छन् । यस्तै समाजसेवी महतारा दम्पतीले कारागारमा जन्मिएकी शिशुको शैक्षिक खर्च आफैँले व्यहोर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । परिवारको आर्थिक अवस्था कमजोर र आमा थुनुवा रहेकी जेनिशाको सम्पूर्ण पढाई खर्चको जिम्मा आफैँले लिएको टोपबहादुर महताराले जानकारी दिए ।

यसैगरी सुत्केरी समयमा गर्नुपर्ने रखेदेख र स्याहार पनि आफ्नै खर्चले गराउने महताराकी श्रीमती गिता महताराले बताइन् । विगत लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल रहेको भन्दै उनले आगमी दिनहरुमा पनि यसैगरी सहयोग गर्दै जाने जानकारी दिइन् । महतारा दम्पतीले नियमीत रुपमा कारागारमा कैदिवन्दी भएका परिवारहरुलाई विभिन्न सहयोगहरु विगतदेखि गर्दै आएको बताएका छन् ।

शाभार – अन्नपुर्ण पाेष्ट  

चर्चामा

सम्बन्धित समाचार