शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • ८२ हजार बराबरको अवैध सामान बरामद

८२ हजार बराबरको अवैध सामान बरामद

  • मङ्लबार, मंसिर ९, २०७७
८२ हजार बराबरको अवैध सामान बरामद

कञ्चनपुर प्रहरीले भन्सार छलेर ल्याइएका अवैध सामान बरामद गरेको छ । जिल्लाका विभिन्न स्थानबाट ८२ हजार ७ सय ५० मुल्य बराबरका अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

भीमदत्त नगरपालिका–७ हल्दुखाल ब्रह्रदेब हाईबेमा बेवारिसे अवस्थामा रहेका अन्दाजी २६ हजार ५ सय मुल्य बराबरका २८ थान लेडिज सुट बरामद गरिएको प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए ।

यसैगरी बेलडाडी गाँउपालिका–२ चवन्नी बजारमा अन्दाजी ४८ हजार मुल्य बराबरको प्याज बरामद गरिएको छ । त्यस्तै भीमदत्त नगरपालिकाकै वडा नम्बर ४ मदनचोक छेउबाट ८ हजार २ सय ५० मुल्य बराबरको सलाई बरामद गरिएको छ ।

बरामद भएका सबै सामान आवश्यक कारवाहीका लागि गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरमा बुझाइएको प्रहरी नायव उपरीक्षक थापा क्षेत्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार