शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विचित्र संसार
  • १६ वर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री !

१६ वर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री !

  • आइतवार, मंसिर ७, २०७७
१६ वर्षे किशोरी एक दिनका लागि प्रधानमन्त्री !

बलिउडमा एक दिनका लागि मुख्यमन्त्री बनेको फिल्म ‘नायक’ धेरैले हेरेका छन् । तर एक दिनका लागि वास्तविक रुपमा नै कसैलाई यस्तो जिम्मेवारी दिनु दुर्लभ कुरा हो । तर फिनल्यान्डमा यस्तै दुर्लभ घटना देखिएको छ ।

लैंगिक समानताका लागि उत्कृष्ट देशमा पर्ने फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले यस्तै काम गरेर सबैलाई आश्चर्यमा पारेकी छन् ।
उनले १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गरेकी हुन् ।

सन्ना मरिनले एक दिन बुधबारका लागि आभा मुर्तो नामकी किशोरीलाई प्रधानमन्त्री बनाइएकी हुन् । उनलाई कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने अधिकार नभएपनि प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुटसहित प्रधानमन्त्री बनाइएको हो ।

संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’ का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो । आभाले एक दिनको प्रधानमन्त्री हुँदा आफूले रमाइलो महसुस गरेकी बताएकी छन् ।

उनले बैठकपछि पत्रकारका प्रश्नको समेत सामना गरेकी छिन् । आभा फिनल्यान्डमा जलवायु परिवर्तन र मानवअधिकारका विषयमा सक्रिय अभियन्ता हुन् ।

उनले एक दिन प्रधानमन्त्री हुँदा बुधार मन्त्री तथा सांसदहरुसँग विकास र वैदेशिक व्यापारका विषयमा समेत छलफल चलाएकी थिइन् ।
फिल्यान्डले ‘प्लान इन्टरनेश्नल’ को ‘गल्र्स टेकओभर’ मा लगातार चौथो वर्ष भाग लिएको हो । जुन कार्यक्रममा विश्वभरका देशबाट किशोर किशोरीहरुलाई एक दिनका लागि राजनीति र अन्य क्षेत्रको नेतृत्व दिने गरिन्छ ।

यसवर्षको कार्यक्रम किशोरीका लागि डिजिटल सीप र प्राविधिक अवसर बढाउनेमा केन्द्रित छ । केन्या, पेरु, सुडान र भियतनामलगायतका देश पनि यो कार्यक्रममा सहभागी भएका छन् ।

हाल प्रधानमन्त्री रहेकी मरिन फिनल्याण्डको तेस्रो महिला र सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुन् । उनी गत वर्ष ३४ वर्षको उमेरमा प्रधानमन्त्रीमा चयन भएकी थिइन् । महिलाहरुको बहुमत रहेको उनको मन्त्रिपरिषदमा तीन मन्त्री पनि ३५ वर्षभन्दा कम उमेरका छन् ।

चर्चामा

सम्बन्धित समाचार