बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • सुचना प्रबिधी
  • एक सचिवका लागि तीन जना सिफारिस

एक सचिवका लागि तीन जना सिफारिस

  • शनिबार, मंसिर ६, २०७७
एक सचिवका लागि तीन जना सिफारिस

सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिव पदका लागि तीन जना वरिष्ठ सहसचिवको नाम सिफारिस गरेको छ ।

लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा शुक्रबार बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि सहसचिवहरू गोकर्णमणि दुवाडी, सुमनराज अर्याल र भरतमणि सुवेदीको नाम सरकारसमक्ष सिफारिस गरेको हो ।

आगामी मन्त्रिपरिषद् बैठकले सिफारिस भएका तीन सहसचिवमध्ये एक जनालाई सचिवमा बढुवा गर्ने जनाइएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ ।

चर्चामा

सम्बन्धित समाचार