शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • गाई मृत भेटिएको घटना रहस्यमय, प्रहरी घटनास्थलतर्फ

गाई मृत भेटिएको घटना रहस्यमय, प्रहरी घटनास्थलतर्फ

  • शुक्रबार, मंसिर ५, २०७७
गाई मृत भेटिएको घटना रहस्यमय, प्रहरी घटनास्थलतर्फ
फोटो : निङ्गलाशैनी अनलाइनबाट

बैतडीको एक नदी बगरमा ११ वटा गाई मृत अवस्थामा फेला परेपछि स्थानीय जनप्रतिनिधि तथा प्रहरी अधिकारीहरु घटनाको यथार्थ छानविन गर्न अहिले घटना स्थल पुगेका छन् ।

यथार्थ विवरण आउन बाँकी छ । तर एक स्थानीय अधिकारीका अनुसार केही व्यक्तिले ‘गाई व्यवस्थापन गर्ने भन्दै रकम लिएर ती गाईलाई नियोजित रुपमा पछि भीरबाट खसालेको’ आशंका गरिएको छ ।

जिल्लाको पुर्चौडी नगरपालिका वडा नम्बर ६ को सिगास सामुदायिक वन क्षेत्रमा भेरीखोला मुहानमा गाई मृत अवस्थामा भेटिएको वडा अध्यक्ष जगी साउँदले जानकारी दिए ।

उनका अनुसार पाटन नगरपालिकाबाट गाई व्यवस्थापनका लागि जिम्मा पाएकाहरुले टिप्परबाट गाई खोलामा खसालेको अवस्थामा भेटिएको हो ।

पुर्चौडी नगरपालिकाको कुवाकोटका सुरेश पार्की र लक्ष्मण पार्कीले नगरपालिका सँग सम्झौता गरेर ३४ वटा गाई लिएका थिए । पाटन नगरपालिकाका प्रवक्ता लोकबहादुर भण्डारीले उनीहरुलाई सो नगरपालिकाले प्रति गाई २ हजार रुपैयाँ समेत दिएको जानकारी दिए ।

यसैबीच प्रहरी र जनप्रतिनिधीहरुको टोली गाई फालिएको स्थानमा गएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए । सुरेश पार्की र लक्ष्मण पार्कीको मोबाइल फोन भने बन्द रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार