बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • तीन वर्षीया बालिकाको हत्या

तीन वर्षीया बालिकाको हत्या

  • बिहिबार, मंसिर ४, २०७७
तीन वर्षीया बालिकाको हत्या

मकवानपुरमा पूजामा गएकी एक बालिकाको हत्या भएको छ । वाग्मती गाउँपालिका-७, लामिटारमा रुबिना पाख्रिनको हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख एसपी सुशील सिंह राठौरका अनुसार अहिले अपराधस्थलमा प्रहरी टोली परिचालन गरेर अनुसन्धान थालिएको छ । ‘पूजामा गएका बालिकाहरु बुधबार ४/५ बजेसम्म खेलिरहेका थिए, त्यसपछि पाख्रिन देखिएकी थिइनन्’, राठौरले अनलाइनखबरसँग भने, ‘बेलुकी ७/८ बजेतिर बगरमा अर्धबेहोसी अवस्थामा उनलाई फेला पारिएको थियो ।’

लगत्तै उनलाई जिल्ला अस्पताल, हेटौंडातर्फ लगिए पनि चिकित्सकले मृत घोषित गरेको राठौरले बताए । प्रहरीका अनुसार अपराधस्थल नजिकै बालिकाको भित्री बस्त्र फेला परेको छ भने शरीरभरि रगत लत्परिएका कारण कुनै भारी वस्तुले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

अपराधस्थलको प्रकृति अनुसार बालिकामाथि बलात्कार प्रयास वा बलात्कार भएको हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ । हालै अनुसन्धानका लागि प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ भने बालिकाको शवलाई पोष्टमार्टमका लागि पठाउने तयारी गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार