शुक्रबार, जेष्ठ ४, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आगामी तीन दिनको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

आगामी तीन दिनको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

  • शनिबार, कार्तिक २९, २०७७
आगामी तीन दिनको मौसम पूर्वानुमानः हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।

महाशाखाका अनुसार हाल देशभर कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।

आजको मौसमको अवस्था देशको पहाडी भूभागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

शनिबार दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

शनिबार राति, कर्णाली र सुदूरपश्चिम प्रदेशका भूभागमा आंशिक देखि सामान्यबदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैगरी, आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

भने, राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

यस्तै, सोमबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानमा हल्का देखि मध्ययबर्षा र हिमपातको सम्भावना छ ।

त्यसैगरी, सोमबार राति देशभर आंशिक देखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का बर्षा र हिमपातको सम्भावना छ ।

चर्चामा

सम्बन्धित समाचार