शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • विचित्र संसार
  • जिन्स पाइन्टमा किन हुन्छ ठूलोसँगै सानो गोजी

जिन्स पाइन्टमा किन हुन्छ ठूलोसँगै सानो गोजी

  • मङ्लबार, कार्तिक २५, २०७७
जिन्स पाइन्टमा किन हुन्छ ठूलोसँगै सानो गोजी

एजेन्सी —  हाम्रो जिवनमा केही यस्ता कुराहरु हुन्छन् जसलाई हामी हरेक दिन देखे भोगको हुन्छौँ तर त्यस्तो कुरा तथा घटना हुनु पछाडिको कारण कहिल्यै पनि जानेका हुँदैनौँ र जान्ने कोसिस पनि गर्दैनौँ । हाम्रो दैनिक जिवन सँग सम्बन्धित केही रहस्य तथा तथ्य र त्यसमा लुकेको गुह्य वास्तविकता यस्ता छन्ःजिन्स पाइटको अगाडि पटि्टको गोजी माथि एउटा सानो गोजी हुन्छ र उक्त गोजीको दुबैपटि्ट बटन पनि हुन्छन् । यस्ता साना पकेट सिक्का राख्नका लागि होला भन्ने ठान्छौँ हामी । तर होइन । वास्तवमा १९ औँ सताब्दीमा गाइ गोठाला अर्थात् काउब्वाइज र सुनखानीमा काम गर्ने कामदारको घडी पकेट वाच राख्नका लागि यस्तो सानो गोजीको डिजाइन गरिएको हो ।

पहिले जिन्स पाइन्ट धेरैजसो श्रमिकहरुले लगाउँथे । कामदारहरुले काम गर्दा जिन्स पाइन्टको गोजी च्यातिने समस्या धेरै हुन्थ्यो । त्यसैले पाइन्टका गोजीलाई मजबूत बनाउनका लागि गोजीको दुबै कुनामा बटन हाल्ने चलन चलेको हो ।

चर्चामा

सम्बन्धित समाचार