
बाजुरा–राष्ट्रिय स्वतन्त्र पार्टी बाजुराको प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रुपमा नयाँ नेतृत्व चयन भएको छ । आइतबारबाट सुरु भएको प्रथम जिल्ला अधिवेशनको बन्दसत्रबाट सभापतिमा पुनः नवराज जैशी सहित नयाँ कार्य समिति सर्वसम्मत चयन गरिएको हो ।
रास्वपाको प्रथम जिल्ला अधिवेशनपछि जिल्ला कार्य समितिको सर्वसम्मत रुपमा जैशी सभापति रहने गरी ९ सदस्यीय कार्य समिति चयन गरिएको छ । पार्टीको जिल्ला कार्य समिति उपभापतिमा पूर्णलाल पाण्डे, सचिव विक्रम गुयाल, सहसचिव विर्ख विष्ट र कोषाध्यक्ष सिता बुढा ( ओली) सर्वसम्मत रुपमा चयन गरिएको छ । यस्तै सचिवका आकांक्षी गुयालसँगै निवर्तमान कार्यवाहक सचिव मीन बहादुर सिंहले असन्तुष्टी जनाएका थिए । तर पार्टीको जिल्ला कार्य समितिको सचिव पदमा असन्तुष्टिका विच पनि नयाँ कार्य समिति घोषणा गरिएको छ ।
जिल्लामा रास्वपाको नयाँ कार्य समितिले पार्टीको संगठन विस्तार, जनसेवा र विकास निर्माणका कार्यमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।


