बिहिबार, असार ११, २०८३
  • होमपेज
  • समाज
  • ६० वर्षीया आमालाई कुट्ने छोरा पक्राउ

६० वर्षीया आमालाई कुट्ने छोरा पक्राउ

  • बिहिबार, कार्तिक २०, २०७७
सेयर गर्नुहोस् :
६० वर्षीया आमालाई कुट्ने छोरा पक्राउ

कञ्चनपुरमा ६० वर्षीया आमामाथिक कुटपिट गर्ने छोरा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले आमालाई कुटपिट गरी सख्त घाइते बनाउने भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका २९ वर्षीय दिनेश लुहारलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक थापाका अनुसार लुहारले घरायसी विवादका क्रममा ६० वर्षीया आमा बसन्तीलाई निर्घात कुटपिट गरी घाइते बनाएका हुन् । बसन्तीको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार