शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • सुचना प्रबिधी
  • आजको मौसम : पहाडी भू–भागमा वर्षाको सम्भावना

आजको मौसम : पहाडी भू–भागमा वर्षाको सम्भावना

  • मङ्लबार, कार्तिक १८, २०७७
आजको मौसम :  पहाडी भू–भागमा वर्षाको सम्भावना

हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश देशका पहाडी भू–भाग र प्रदेश २ र लुम्बिनी प्रदेशमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार देशभर पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागहरुका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

बुधबार पनि देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागहरुका १–२ स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।

बिहीबार देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

चर्चामा

सम्बन्धित समाचार