शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • विचित्र संसार
  • चियाको चुस्की लिँदै बाँदर

चियाको चुस्की लिँदै बाँदर

  • शुक्रबार, कार्तिक १४, २०७७
चियाको चुस्की लिँदै बाँदर

जाडोको मौसम सुरू भए संगै जाडोयाममा मानिसहरु चिसिएको शरीर तताउन टोपी, पन्जा, स्वेटर, कोट लगाउनेदेखि तात्तातो खानेकुरा खान्छन् । यस्तैमा मानिसहरुको जाडोको प्रिय पेय हो चिया । त्यसै पनि गफगाफको थलो चिया पसलमा जाडो याममा भीड नै लाग्ने गर्छ । शुक्रबार चियाको चुस्की लिँदै गरेको बाँदरको फोटोले सबैको ध्यान खिचेको छ । चुलोको छेउमा एउटा बाँदरले गिलासबाट चिया पिउँदै गरेको देखिन्छ । महोत्तरीको गौशालामा आगो ताप्दै चियाको चुस्की लिँदै गरेको बाँदरको यो फोटो राससका लागि धनवीर महतोले खिचेका हुन् ।

चर्चामा

सम्बन्धित समाचार