मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • मेरुदण्ड भाच्चिएका मानसिंह विकको उपचार काठमाडौ हुदै

मेरुदण्ड भाच्चिएका मानसिंह विकको उपचार काठमाडौ हुदै

  • बुधबार, कार्तिक ५, २०७७
मेरुदण्ड भाच्चिएका मानसिंह विकको उपचार काठमाडौ हुदै

बाजुरा–भिर बाट लडेर मेरुदण्ड भाच्चिएका बडिमालिका नगरपालिका ९ बस्ने मानसिंह विकको काठमाडौमा उपचार भइरहेको छ । उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौ उपचार भइरहेको आफन्त धिरन विकले वताएका छन् ।
बडिमालिका खबरमा समचार प्रकाशित पछि नेपाल स्वास्थ्य सेवा उपकरण विकास प्रतिष्ठान काठमाडौले -Nepal Healthcare Equipment Development Foundation (NHEDF) उपचार सहयोग गरेको छ । समचारमा उपचार अभाबमा अलपत्र परेको थाहा पाएपछि आफुहरुले उपचारमा सहयोग गरेको संस्थाका अध्यक्ष सम्राट सिं बस्नेतले वताएका छन् । राष्ट्रिय ट्रमा सेन्टर काठमाडौमा उपचार भइरहेको छ । खान बस्ने र उपचारको सबै सहयोग संस्थाले गरेको वताए ।
मानसिंहको एमआरआई अल्का अस्पतालमा कार्यरत रेडियो ग्राफर राजेश सिंहले गरिदिएका थिए । मानसिंह लाई थप उपचारका लागि स्पाइनल ईन्जुरी रिहाफ सेन्टर साँगामा लिने तयारी भइरहेको बस्नेतले वताएका छन् । मानसिंहको आर्थिक अबस्था निकै कमजोर रहेको छ ।
मानसिंह गाँउ नजिकै भिरमा लडेर उनको मेरुदण्ड भाच्चिएको थियो । उनको उपचार बाजुरामा सम्भब नभएपछि काठमाडौमा रिफर गरेको गरेका थियो । मानसिंह घरबाट खाना खाएर दारकाठका लागि गुनिभिर तिर गएका थिए । साँझ पख सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा विकलाई भिरबाट लडेर भिरमै अट्कीएको अवस्थामा भेटाएका थिए ।
भिरमै अट्कीएको अवस्थामा भेटिएका विकलाई स्थानीयहरुले उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए । बाजुरा अस्पतालमा विकको उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको छ ।

चर्चामा

सम्बन्धित समाचार