शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

  • आइतवार, भदौ २८, २०७७
काठमाडौंमा ६ सहित ९ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३४५ पुग्यो

काठमाडौं- नेपालमा एकै दिन ९ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ४५ पुगेको छ।

४ जिल्लाका ३ महिला र ६ पुरुष गरी ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जनाको मृत्यु भएको छ।

काठमाडौंमा मात्र ६५ वर्षीया दुई जना महिला, ५९, ७०, ६४ र ५९ वर्षीय पुरुषको मृत्यु भएको छ। मोरङमा ६९, सिन्धुपाल्चोकमा ५९ वर्षीय पुरुष र कास्कीमा ४५ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यसअघि नेपालमा १४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६४ प्रतिशत छ।

चर्चामा

सम्बन्धित समाचार