बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु

चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु

  • शुक्रबार, भदौ ५, २०७७
चार महिनामा चट्याङबाट ५२ जनाको मृत्यु

नेपालमा चट्याङबाट ज्यान गुमाउने र घाइते हुनेहरुको संख्या अत्यधिक देखिएको छ । वैशाखयता मात्रै चट्याङबाट ५२ जनाको ज्यान गएको छ भने १६५ जना घाइते भएका छन् ।

गृहमन्त्रालय राष्ट्रिय विपद जोखिम न्यूनीकरण ताथ व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि भदौ ४ गतेसम्मको तथ्यांकअनुसार २१७ जना चट्याङबाट पीडित बनेका हुने, जसमध्ये ५२ जनाको ज्यानै गएको छ ।

गत जेठ ३० गतेदेखि नेपालमा मनसुन सुरु भएको हो । मनसुन सुरु नहुँदै चट्याङबाट ३० जनाको मृत्य भइसकेको थियो भने मनसुन सुरु भएयता २२ जनाले ज्यान गुमाएका छन् ।

वैशाखयता पहिरोबाट ज्यान गुमाउनेको संख्या २२३ छ भने बाढीका कारण १४ जनाले ज्यान गुमाएका छन् । पहिरोपछि सबैभन्दा ठूलो जोखिम चट्याङकै देखिएको छ । यसअवधिमा पहिरोमा परी घाइते हुनेको संख्या १८५ रहेकोमा चट्याङबाट मात्रै घाइते हुनेको संख्या १६५ रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार