मङ्लबार, असार ९, २०८३
  • होमपेज
  • देश/प्रदेश
  • महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय नेताहरूकै नाम छुटेपछि बन्दसत्रमा ढिलाइ

महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय नेताहरूकै नाम छुटेपछि बन्दसत्रमा ढिलाइ

  • सोमवार, असार ८, २०८३
सेयर गर्नुहोस् :
महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय नेताहरूकै नाम छुटेपछि बन्दसत्रमा ढिलाइ

काठमाडौँ — महाधिवेशन प्रतिनिधिमा सांसद र केन्द्रीय सदस्यहरूकै नाम छुटेपछि रास्वपाको बन्दसत्र सुरु हुन ढिलाई भएको खुलेको छ । सोमबार बिहान ८ बजेदेखि बन्दसत्रको तालिका भए पनि सांसद, केन्द्रीय प्रतिनिधिसहित जिल्लाका नेताहरू छुटेपछि उनीहरूलाई समेट्ने गरी छलफल भइरहेको रास्पपाका एक नेताले बताए । उनका अनुसार १० जनाभन्दा बढी सांसद र केन्द्रीय नेताको नाम छुटेको फेला परेको छ । यसैबीच चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनको बन्दसत्रका कार्यक्रम मंगलबार नहुने सम्भावना देखिएकाे छ ।

प्रतिनिधि यकिन गर्ने कार्यमा संलग्न नेताहरूले मंगलबार बिहानैदेखि बन्दसत्र सुरु गर्नेबारे छलफल गरिरहेका छन् । यो विषयको जानकारी सभापति रवि लामिछानेलाई दिइसकिएको छ ।

महाधिवेशनको उद्‌घाटन आइतबार सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले गरेका थिए । बन्दसत्र कतिखेर हुने भन्ने अन्योल हुँदा महाधिवेशन प्रतिनिधिहरू कार्यक्रम स्थलमा आराम गरिरहेका छन । केही प्रतिनिधि भने नाचगान गरिरहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार