
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुनर्योगको नतिजा सार्वजनिक गरेको छ । बोर्डले सोमबार आठौँ चरणको नतिजा सार्वजनिक गरेको हो । वोर्डका अनुसार ३० जना परीक्षार्थीहरूको नतिजा परिवर्तन भएको छ ।
आठौँ चरणको पुनर्योग परीक्षामा जम्मा ४६८ जना परीक्षार्थीहरूको नतिजा सार्वजनिक गरिएको हो । बोर्डले नतिजामा परिवर्तन भएका विद्यार्थीहरूलाई आफ्नो संशोधित ग्रेडसिट लिनका लागि आवश्यक प्रक्रिया पुर्याएर सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।
बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा गत वैशाख २५ गते सार्वजनिक गरेको थियो । नतिजा अनुसार ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए ।


