शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • फिचर
  • नेपालमा प्रलयकारी भूकम्पको ३२ वर्ष

नेपालमा प्रलयकारी भूकम्पको ३२ वर्ष

  • शुक्रबार, भदौ ५, २०७७
नेपालमा प्रलयकारी भूकम्पको ३२ वर्ष

२१ अगस्ट १९८८ ( विसं २०४५ भदौ ५ गते) बिहान ५ बजे उदयपुर जिल्लालाई केन्द्रविन्दू बनाएर ६ दशमलव ६ रेक्टरस्केलको शक्तिशाली भूकम्प जाँदा नेपालमा ७ सय २१ र भारतमा २ सय ७७ जनाले ज्यान गुमाएका थिए । ४० सेकेन्डसम्म यस भूकम्पले सिंगो नेपाललाई हल्लाएको थियो । नेपालको पूर्वी भूूभागमा भूकम्पले धेरै क्षति पुु¥यायो । धरानमा १ सय १६ जनाको मृत्युु भयो भने १५ सयभन्दा धेरै व्यक्ति घाइते भए । भूकम्पको असर काठमाडौँलगायत नेपालको मध्य क्षेत्रमा पनि परेको थियो ।

छिमेकी भारतको बिहार प्रान्तमा पनि जनधनको ठूलै क्षति निम्तियो । यहाँ २ सय ७७ जनाको मृत्यु भयो । बिहारको दरभंगा र मधुुवनीमा सर्वाधिक धेरै क्षति भएको थियो भने भारतको राजधानी नयाँ दिल्लीमा पनि भूकम्पको धक्का महसुस गरियो । भूकम्पले बिहारको राजधानी पटनास्थित रवि भवन तथा पुरानो सचिवालय भवनलगायत प्रशासनिक भवनसँगै झन्डै ५० हजार घरहरुमा क्षति पुु¥याएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका थिए ।

यस भूकम्प गएको २७ वर्षपछि २०७२ साल वैशाख १२ गते नेपालमा प्रलयकारी महाभूकम्प गयो । गोर्खा जिल्ला केन्द्रबिन्दु बनाएर गएको यस भूकम्पमा परेर ९ हजारभन्दा धेरैले ज्यान गुुमाए भने हजारौं घाइते भए ।

अन्य घटनाक्रम

सन् १९५९– हवाई अमेरिकाको ५० औं प्रान्त बन्यो ।

सन् १९६८– चेकोस्लोभाकियाको स्थानीय रेडियोद्वारा पाराग्वेमाथि सोभियत संघको नेतृत्वमा हमला सुरु गरिएको घोषणा ।

सन् १९९१– सोभियत संघमा राष्ट्रपति मिखाइल गोर्बाचोभ अपदस्थ, मस्कोमा कफ्र्यु, तर क्रान्ति विफल भएपछि गोर्बाचोभ पुन सत्तामा ।

सन् २०१२ – लोकतान्त्रिक गणतन्त्र कंगोमा इबोला भाइरसको संक्रमणबाट २० जनाको ज्यान गयो ।

श्राेत :  राताेपाटी डट कम

चर्चामा

सम्बन्धित समाचार