शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिम सरकारले खरिद गर्ने भनिएका २० वटा भेन्टिलेटर अझै आएनन्

सुदूरपश्चिम सरकारले खरिद गर्ने भनिएका २० वटा भेन्टिलेटर अझै आएनन्

  • शनिबार, साउन ३१, २०७७
सुदूरपश्चिम सरकारले खरिद गर्ने भनिएका २० वटा भेन्टिलेटर अझै आएनन्

सुदूरपश्चिम प्रदेश सरकारले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णयको पूर्ण कार्यान्वयन गर्न ढिलाई गरेको छ। सेती प्रादेशिक सहित प्रदेशका जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको चार महिना बितेपनि अझै पूर्ण कार्यान्वयन नभएको हो।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले भेन्टिलेटर खरिद गर्ने सम्झौता गरेको दावी गरेको छ तर सम्झौता मिति र आपुर्ति गर्ने समय लुकाएको छ। ६० दिन भित्र २० भेन्टिलेटर आपूर्ति गर्ने गरी सम्झौता भएको बताइएको छ। उक्त अवधीमा आपुर्तिक नभए कानून अनुसार आपुर्तिकर्तालाई कारवाही गर्ने दावी गरिएको छ।

तर पहिलो कोरोना संक्रमित फेला परेको करिब पाँच महिना बित्दा समेत आवश्यक भेन्टिलेटर उपलव्ध नभएपछि जटिल बिरामीको उपचारमा समस्या हुने देखिएको छ। सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल र जिल्ला अस्पतालका लागि २० वटा भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो।

गत चैत्र २७ गतेको सुदूरपश्चिम मन्त्रिपरिषद्को बैठकले २० वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको थियो। कोरोना भाईरसका जटिल बिरामीका लागि भेन्टिलेटर खरिद गर्ने प्रदेश सरकारले निर्णय गरेको थियो। प्रदेशको सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख डाक्टर गुणराज अवस्थीले नेपाल सरकारको खरिद ऐन अनुसार प्रक्रिया अगाडी बढेको बताए।

‘खरिद अनुगमन शाखामा यहाँहरुले सूचना पाउँनु हुनेछ। जुनसँग सम्झौता भएको छ। उहाँले खरिद ऐन अनुसार आपूर्ति गर्नुहुन्छ। सम्झौता भएको छ।’ उनले भने। प्रदेश मन्त्रिपरिषद्ले सेती र महाकाली अस्पतालका लागि तीन÷तीन तथा प्रत्येक जिल्ला अस्पतालका लागि दुई÷दुई वटा भेन्टिलेटर खरिद गर्ने निर्णय गरेको हो।

तर निर्णय भएको चार महिना बढि भएको छ। आपूर्तिकर्तासँग सम्झौता भएको दावी गरिएको छ। सम्झौता भएको आपूर्तिकर्ता र रकम भर्ने बताईएको छैन्। ‘सम्झौताको ६० दिन भित्र आपूर्ति गर्नुपर्ने हुन्छ। आपूर्ति नभए कारवाही गछौँ। सरकारको खरिद ऐन अनुसार भएको छ।’ डाक्टर अवस्थीले भने।

कोरोना भाइरस (कोभिड–१९) का जटिल संक्रमितका लागि भेन्टिलेटरको आवश्यक पर्ने हुन्छ। तर प्रदेश सरकारले भने खरिद प्रक्रियामा ढिलासुस्ती गर्दै आएको हो। यसले गम्भीर कोरोना संक्रमितको उपचारमा समस्या हुने देखिएको छ।

सेती अस्पतालका कोभिड १९ रोग उपचार विभाग प्रमुख डाक्टर शेरवहादुर कमरले कोरोना संक्रमितको २० प्रतिशत मानिस जटिल प्रकृतिका हुने र २० प्रतिशतको पनि पाँच प्रतिशतका लागि भेन्टिलेटरको आवश्यकता पर्न सक्ने बताए।

उनले श्वासप्रश्वासमा समस्या भएका संक्रमितका लागि भेन्टिलेटर आवश्यक हुने डाक्टर कमरले बताए। अहिले सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा पाँच, महाकालीमा तीन र डडेल्ुधरा अस्पतालमा दुई गरी १० वटा भेन्टिलेटर उपलव्ध रहेको दावी स्वास्थ्य निर्देशनालयले गरेको छ।

चर्चामा

सम्बन्धित समाचार