बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • संरक्षण अभावमा बडिमालिका

संरक्षण अभावमा बडिमालिका

राज्यको ध्यान कहीले जाला

  • बिहिबार, साउन १५, २०७७
संरक्षण अभावमा बडिमालिका
       पदम सिहं

शान्त डाँडाकाडा, फराकिला चउर अनि सिमसिम पानी । वर्षातमा रमाउँदै उकालो पदयात्रा गर्दा यी सब छिचोलेपछि देखिन्छ आकर्षक र मनमोहक दृश्य बडिमालिका । बादल आफूभन्दा तल हुन्छ मुटु छुने चिसो हावा, आङ जिरिङ हुने अग्ला भीर, हेर्दै मन डराउने अग्ला डाँडाहरु, श्रृखंलाबद्ध पहाडहरु कसरी छिचोल्ने होला ? कसरी पुग्ने होला बडिमालिका ? भोक, थकान, पीडा, चिसो सिरेटो सबै गौण हुन्छन, जव पाईला १५ हजार फिट उचाईमा रहेको पवित्र शक्तिपीठ बडिमालिकामा पुग्छन । श्रावण शुक्ला त्रयोदशी र चतुदर्शीमा लाग्ने मेलामा यी केही कुराको वास्ता नगरी नेपालका बिभिन्न जिल्ला, भारतको कुमाऊ र गढवालबाट हजारौ भक्तजनहरु बडिमालिका पुग्छन ।
बाजुराको बडिमालिकाको जति चर्चा गरे पनि चर्चा कम हुन्छ  । धार्मिक आस्था र प्राकृतिक छटाले भरिपूणर् बडिमालिका पछिल्लो समय आकर्षक गन्तव्य बन्दै छ । श्रावण शुक्ला त्रयोदशी र चतुदर्शीमा जनै पूणर्िमाको दिन विशेष मेला लाग्ने बडिमालिका यात्राको मौसम भने वर्षा याम हो ।
बडिमालिका छ नै त्यस्तो । यहाँ पुग्न कठिन । पुगेपछि झर्न कठिन । र यी सबै कठिनाई बडिमालिका प्रतिको अगाध आस्था, विश्वास र मनै लोभ्याउने हरिया पाटनका अगाडी गौण हुन्छन । मनले चिताएको पुरा हुने विश्वास छ, बडिमालिका माताको दर्शनले । पुत्र नभएकाहरुलाई पुत्र प्राप्त हुने विश्वास छ, बडिमालिका माताको पूजा आराधनाले । धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ, बडिमालिकामाताको प्रार्थनाले । बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास गर्छन, हिन्दु धर्मावलम्बीहरु ।
बडिमालिकाको त्रिवेणी क्षेत्रमा पर्ने खेतीवेती भन्ने स्थान त झन अचम्मको छ । परापुर्वकाल देखि नै त्यहा रहेको खेत रोपिएको, धान, धान रोप्नका तयार गरिएका गह्राहरु, त्यस बीचमा फालिएका बीउका मुठाहरु जस्ताका त्यस्तै छन । उहिले भगवती र मैसासुर राक्षसको लडाई हुँदा खेती लगाउदै गरेका राक्षसलाई भगाएर यस्तो भएको किवदन्ती रहेको कुरा यस सम्बन्धि अध्यान गरी रहेका जाल्पादेबी माबिका प्रधानाद्यापक जहरसिहं थापाले बताएका छन् ।
यी सबै क्षेत्रमा डाफे र मुनाल जस्ता हेरुहेरु लाग्ने दुर्लभ चराचुरुङगी, चीरबीर साथै कस्तुरी र झालर जस्ता लोपोन्मुख वन्यजन्तुको फुति पन देख्दा त बडिमालिका पुगेका पर्यटक तथा तिर्थालुहरुका लागि सदा अविश्मरणीय रहिरहने मालिका नमुना माबिका प्राचार्यय शुभराज पाध्याय बताउँछन् ।
कति दिन लाग्छ ?
बडिमालिकामा व्यावसायिक पर्यटनको सुुरुवाती प्रवद्र्धन हुँदै छ । टानले प्रवद्र्धनात्मक टुरपछि नक्सा सार्वजनिक गरेको छ  । बडिमालिकाको यात्रा ७ देखि ९ दिनसम्मको उपयुक्त मानिन्छ गाडीमा एक दिनमा धनगढीबाट बाजुरा पुगिन्छ । पहिलो रात मार्तडी अथवा बाम्का बजारमा बास बस्न सकिन्छ । र दोस्रो दिन शुरु हुन्छ, पैदल यात्रा । बाम्का बजार भएर गए विस्तारै हिड्ने मान्छे दोस्रो रात लादे पाटन । वा सोता पुग्छ । तेस्रो रात त्रिवेणी । चौथौ रात बडिमालिका । बडिमालिकाबाट विष्णु पानी, चनकेली, फिरफिरेको अग्लो डाँडा हुदै, लिस्ने गौडी, बुढी माईको थान । त्यहाँबाट धर्म घर, बल्ले ढिक्कुरा, ठूला गडा, धौलपुरी दहबाट पाँचौ दिन नाट्येश्वरी । छैठौ दिन नाट्येश्वरी दर्शनपछि दीपायल । सातौ दिन धनगढी । चतुदर्शीमा बडिमालिकाको दर्शनपछि जनै पूणर्िमा नाट्येश्वरीको दर्शन गरिन्छ ।
त्रिवेणी भएर बडिमालिका जानु पर्ने परम्परा भएका कारण कोर्ध भएर जान बेश हुन्छ । कोर्धबाट बुढा कोर्ध, त्यहाँबाट लादे पाटन । अनि आउछ, सोता । मेलाको समयमा सोतामा चिया खाजाको व्यवस्था हुन्छ । र चिया खाएपछि शुरु हुन्छ, उकालो । झण्डै एक घण्टाको उकालो पछि आउछ, घोडा पाटन । आधा घण्टा लामो पाटन क्षेत्र पार गरे पछि झण्डै एक घण्टाको ओरालो । फेरि एक घण्टाको उकालो । त्यस पछि भितो चिर्ना । त्यहाँबाट झण्डै अढाई घण्टामा त्रिवेणी । त्रिवेणीबाट बिहानै हिडे पछि विस्तारै हिड्ने मान्छे पनि चार घण्टामा बडिमालिका पुग्छ । बडिमालिकामा त्रैयोदशीको राति बास बसेर चतुदर्शीको बिहानै बडिमालिकाको पूजा गरी तिर्थालुहरु नाट्येश्वरीमा जनै पूणर्िमामा लाग्ने मेला भर्न हिड्छन् ।
साथमा के लैजाने ?
होटेल तथा आवास सुविधा नपुगेको स्थानमा कम्तीमा तीन दिन वास बस्नुपर्छ । त्यसकारण न्यानो कपडासहित टेन्ट, स्लिपिङ ब्याग, तयारी खाना, औषधि आफैँले बोक्नु पर्छ । यात्रा अवधिभर समूहबाट नछुट्टिन गुरुप लिडरको निर्देशन मान्नु पर्छ । अधिक उचाइमा पुग्दा मद्यपान, धुमपान नगर्नु राम्रो मानिन्छ । बडिमालिकाका भरिया र स्थानीय पथप्रदर्शकविना पुग्न कठिन छ । खासगरी जंगलको बाटो हुँदै उकालो लाग्नुपर्ने भएकाले सडक यातायात टुंगिसके पछिको यात्राका लागि भरिया र पथप्रदर्शक आवश्यक पर्छ ।
किन जाने बडिमालिका ?
हिन्दु धर्मावलम्बिहरुको सबैभन्दा आस्थाको केन्द्र हो बडिमालिका । हरेक वर्ष श्रावण शुक्ला त्रयोदशी र चतुदर्शीमा जनै पूणर्िमामा विशेष मेला लाग्छ । नेपालका धेरै जिल्लाहरु, प्रदेश नम्बर ७ का सबै जिल्लाहरु र भारतबाट तिर्थालु पुग्छन । सतीदेवीको कुम पतन भएको स्थानका रूपमा बडिमालिका मन्दिर स्थापनाको किंवदन्ती छ । मनले चिताएको पुरा हुने विश्वास छ, बडिमालिकाको दर्शनले । पुत्र नभएकाहरुलाई पुत्र प्राप्त हुने विश्वास छ, बडिमालिकाको पूजा आराधनाले । धन नहुनेलाई धन, दुःखीलाई सुख प्राप्त हुने अगाध विश्वास छ, बडिमालिकाको प्रार्थनाले । बडिमालिकाको प्रार्थनाले रोग निको हुने विश्वास गर्छन, हिन्दु धर्मावलम्बीहरु ।
यस बाहेक प्रकृतिको अपार देन यस यात्रामा देखिन्छ । पहाड उक्लेपछि देखिने फाँटहरु, मनमोहक पाटन, खेतीबेति,चौँरी र भेँडापालनमा रमाइरहेका स्थानीय गोठालाहरुको जीवनशैली रोचक र मन फुरुंग बनाउने हुन्छ ।
बडिमालिकाबाट देखिने सूर्योदय अर्को आकर्षण हो । बडिमालिका यात्राका दौरान मन्दिर, जडीबुटी, वनस्पति, वन्यजन्तु, पहाड, पर्वत, नदी, खोल्सा, झरनासँग सामीप्यता मिल्छ । खासगरी धर्ममा आस्था विश्वास र प्रकृतिको खोज र अनुसन्धानमा रमाउन चाहनेहरू यस बडिमालिकाको यात्रा गर्छन
कहिले जाला राज्यको ध्यान ?
प्राकृतिक सुन्दरता र धार्मिक महत्वका दृष्टिकोणले प्रदेश नम्वर ७ को खप्तड, रामारोशन, त्रिपुरा सुन्दरी, मालिकार्जुन, उग्रतारा, शैलेश्वरी, बैद्यनाथ, अपी र साईपाल लगायतका क्षेत्र निकै महत्वपूणर् मानिन्छन् । त्यस मध्ये पनि बडिमालिकाको स्थान बिशिष्ट छ । धार्मिक र पर्यटकीय दुबै हिसावले । हिन्दुहरुको आस्थाको धरोहर यति महत्वपूणर् भगवतीको पीठ ओझेलमा परेको छ । बडिमालिका क्षेत्र संरक्षण, सम्बद्र्धन र बिकासको पर्खाईमा छ । पानी र शौचालयको उचित व्यवस्थापन नहुदा बडिमालिका क्षेत्र दुर्गन्धित भएको छ । साथै बाटोमा र बडिमालिकामा धर्मशाला र बास बस्ने उचित व्यवस्था नहुदा भक्तजनहरुले निकै कष्ट खेप्नु परेको छ । बडिमालिका जाने बाटोमा कुनै चिन्ह र संकेतहरु नभएका कारण तिर्थालुहरु सास्ती खेप्नु परिरहेको छ । यस तर्फ भने सरकारको ध्यान जान आवश्यक छ ।

चर्चामा

सम्बन्धित समाचार