शनिबार, बैशाख २२, २०८१

बचन लघु (कथा)

  • शुक्रबार, साउन ९, २०७७
बचन लघु (कथा)
     सुरेशकुमार पान्डे

  सिमा कति पल्ट भन्नुपर्छ तिमिलाई केटा केटीलाई आमा सँग खान नदिए भनेको होईन मैले?आमाको नजिक नबसाल आमा रोगी हुँनुहुन्छ।बाबु नानी सानाछन रोग सल्किन सक्छ।तर तीमिले कुरा बुझ्दै बुझ्दैनौ!रवीले झौँक्किदै सिमालाई हप्काउँछ।

तपाई लाई यसरी जोड सगँ कराउँन किन पर्छ?आमाले सुनेपछि आमाको मनमा कस्तो असरपर्ला?हेक्काछ तपाँइलाई?सिमाले रवीलाई सम्झाउँने प्रयात्न गर्छे। कालीले भर्खर खान थालेकी हुन्छिन नाति र नातीनिलाई ख्वाई दिँदै आफुले पनि खाँदै गर्दै गर्दा छोराको कुरा कानमा परेपछि उनि आफ्नो थाल लिएर भाईर दलनमा जान्छिन। सिमा र रवीका स साना बाबु र नानि छन।उनिहरुले प्रायजसो हजूर आमा सँग समय काट्थे खानापनि सँगै खान्थे उँनिहरु हजूर आमा सँग खुब घुलमिलेका थिए।यो देखेर रवी को अनुहार केहिदीन देखि अमिलो हुँन्थ्यो।जुन दिन देखी काली लाई खोकी लागेको थियो बुढेशकालमा केहिन केही बिमारी त हुँन्छनै। आज रवीको कुराले काली को हृदयमा तिखो सुँयो गडेको जस्तै महेशुर्ष भएकोछ।

दलानमा आएर भित्ताको अडेश लागेर बसेकिथिईन।खाना खाने प्रयात्न गरिन तर ब्यार्थै भयो घाँटी बाट तल जाँदै गएन।आँखा बाट आँसुका ढिका खस्छन,मन खिन्न हुँन्छ। आफुले खान नसकेपछि भात एकातिर राखेर बसेकी थिईन।नाति नातेनी हरु कोठामा खान छाडेर खेल्न थालेका थिए।तिमिलाई थाहाछ आमाँ केहि दिनबाट खास्दै हुँनुहुन्छ मलाई संकाछ टीवी पनि हुँनसक्छ!रवीले बिस्तारै सिमालाई भन्छ। हजूरले अंघि चिच्याउँदा आमाले सुन्नपनि सक्नु हुन्छ।सिमाले रवीलाई सम्झाउँन खोज्छे!बरु डाक्टर हुँनी लगेर राम्रैगरी चेकप गराउँनुस!उस्ले थप्छे।रवीले भात खाएर जान ढिलो भयकोछ।

उस्ले फटा फट खान्छ र मलाई थाहाछैन अलि सम्लिनु मलाई सम्झाउँनु भन्दा मैले जे भन्छु त्यसैमा ध्यायन पुराउ भन्दै रवी भाईर निक्लिन्छ।दलानमा बसेकि काली मुर्छा परेको झैँ भित्तामा अडेस लागेकि आँखा बाट आसु बगेको थियो।रवी त्यहि दलान बाट बाहिर निस्किन्छ आमालाई नदेखेको जस्तै गरेर।यो त्यहि रवी हो जस्को मुख हेरेर कालि बाँचेकी हुँन।रवी गर्वैमा छँदा उनको लोग्ने भिरबाट लडेर मरेका थिए।आफुले सकि नसकी अरुको घरको काम गरेर भयपनि रवीको राम्रो पर्वरीश गराईन।

पढाई लेखाई गराएर आज उ एउटा इञ्जिनियर भाकोछ।रवी लाई यँहा सम्म पुराउँन कालीले कति कष्ट झेल्नु परेको थियो।हिँजो आफुले पिठ्युमा बोकेर आर्काको मेला गरेको,उस्लाई ताते गराउँदै हिँड्न सिकाएको अनि आफुले चपाएर उस्लाई ख्वाएको एक एक कुरा कालीलाई झलझली आँखाको ओरी परी घुम्दै थियो।बच्चाहरु भित्र कोठामा खेली रहेको र आमालाई न देखेपछि सिमा दलानमा आउँछिन आमालाई रोएको देख्दा उन्ले कुरा बुझिहाल्छिन।रवीको स्वर टाठो थियो आमाको कानमा रवीले भनेको पर्यो भन्ने कुरा बुझेपछि।आमाको गालामा बगेको आँसुलाई आफ्नो पछ्यारी पानीमा भिजाएर मुख पुच्छन थाल्छिन। उस्का हातको सप्रसले काली झसिङ्ग हुँन्छिन। आमा के भयो?किन रुनुभाको?भन्दै गालामा कपडाले आँसु पुच्दैछन।

कालीको बोलि फुट्दैन बरु उन्लाई झनै भक्कानो पर्छ।आँसुको बलेनी पर्छ।सिमाले आफ्नो अँगालोमा कस्दै,थाहाछ आमा हजुरलाई गहिरो पिर परेकोछ।रवीको तर्फ बाट मैले माफि माग्छु आमाँ रवी लाई क्षामा गरिदिनु होला।उन्ले मुख्मा जे आयो त्यही बोल्छन।तर आमा हजूरलाई धेरै मायाँ गर्छन!भन्दै सिमाले बिस्तारै आँसु पुच्छिन।कालीको आँसु कँहा रोकिन्छन आखा बाट बग्ने आँसुको मुल ता हृदय हो।कालीले केही बोल्न सक्दैन तर मन मनै कास सिमा मेरै कोख बाट जन्मिन्थी।सिमालाई बुहारीको रुपमा पाएकोमा पनि कालीलाई गौरभ थियो।बुहारीको ब्यबहारले धेरै राहत महेशुर्ष गरेकी थिईन।एकै छिन पछी नाति र नातेनी हजूर आमाको नजिक आउँछन नाती आएर काखमा बस्छ नातेनी ले कपाल मसमसाउँछे।नानातिनाको माँया देखेर काली झनै भाबुक हुँन्छीन।

उनको मनभित्र एउटा संकाको छाप बसेकोछ।आफु सँग के यस्तो बिमारी छ जो आफ्ना फुलजस्ता बाबु र नानीलाई सर्न सक्छ!यदी साँचै त्यस्तोछ भने मलाई ति बाबु नानि बाट टाडै बस्नु पर्छ भन्दै मनैमनमा कुरा खेलाउँछिन।ठिक यहि बेला उन्लाई जोडले खोकी लाग्छ,सिमाले उनको टाउकोमा जोडले दबाई दिन्छिन।र एकछिन पछि खाँसो रोक्किन्छ उनका हात छोपेर बिस्तारै बिस्तार आगनमा घुमाउँछिन।करेसामा टोप्रेको झार टिपेर महमा अरु के-के पकाएर खान दिन्छिन।बुहारी तिमिले मेरो कती खयार राख्छेउ!तिमिलाई बिमारी सल्किने डर लाग्दैन?मेरो बिमारी सर्छ भनेर!कालीले आफ्नो बुहारीलाई सोद्छे।

करुणा भरीएका आँखाले पिर्लुक्क हेर्दै।आमा हजूरलाई कुनैपनि बिमारी छैन जो अरुलाई सर्छ! त्यसो ता तैँले भन्छेस तर रवीले त्यो दिन मलाई टीवी हुँन सक्ने भनथ्यो त रवीले?कालिले आचार्या प्रकट गर्दै सोध्छन। आमा रवीले बाबुलाई अन्धो मायाँ गर्छन त्यही भयर हो।जे मनलायो त्यहि भन्छन कामको बोझ भयर पनि होकी अलि चिढचिढाहट भयको देखिन्छन।हजूरले चिन्ता नलिनुश मैले हजूको सबै बिमारी चैकप गराई दिन्छु।भनेर उनलाई आस्वासन दिन्छिन।अस्पत्ताल लगेर चैकप गराउँदा काली लाई कुनै बिमारी थिएन।एउटा छोराले दिएको भर्खरको घाउ बाहेक। २३-०७-२०२०(पात्रका नाम र कथा एउटा काल्पनिक हो)

चर्चामा

सम्बन्धित समाचार