शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • सपना!भाग२(कथा)

सपना!भाग२(कथा)

  • मङ्लबार, असार ३०, २०७७
सपना!भाग२(कथा)

 सुरेशकुमार पान्डे। आगनमा बुहारीहरुको कच-कच र त्यही बिषयमा छोराहरुको मन मोटावा लाई नियालेर भर्खर भित्र पसेकी सिलाअहिले शुभमको आँखामा आँखा मिलाउँदा भावुक हुँदै आँखा टिल मिल टिल मिल पार्छे।सिला को अनुहारमा परेको कालो बादल जस्तै प्रतिबिम लाई भापेको शुभमका आँखापनि उस्तै हुँन्छन।तर चस्माको भित्र डिल-डिल सम्म आएको आँशु भने झर्न सकेनन। यति बेला उनिहरुको आँखामा त्यो पुरानो दिनको दिश्य घुमेकोछ।”

आफु रातभरी जागेर छोरा-छोरीलाई कपडाकै पंखा बनाएर हम्किदै रात बिताएका ति दिश्यहरु झल झली आँखाको ओरी परी घुम्छन।उनिहरुलाई गर्मि र मच्छर हरु बाट जोगाएर पुरा निन्द्रा दिलाउँने ताकि बिहान स्कुलमा उन्को पढाईमा बाधा नपुगोश।दुखःमा दुखः महेशुर्ष बच्चाहरुलाई हुँन नदिने जति सुकै दुखः आफुहरुले भोग्नु परेपनि खान र लगाउँन उन्को टुसनको फिस स्कुलको फिस ठिक समयमा पुराई दिन्थे ।स्कुलको ड्रेश लाई स्त्रि गरेर अरुका बच्चहरु भन्दा शुन्दर पोसाकमा सजाएर पठाउँथे,ताकी बच्चाको कसैले हाँसो न उडाउँन।शुभम र सिलाले आफ्ना बच्चाहरुको चौतर्फिए बिकाशको लागि हर सम्भव प्रयास गरेकै हुँन।

आफुहरु अनपड थिए तरपनि छोरा छोरीहरुले डिग्रि गरेकाछन।उनिहरुको चाहानानुसारनै रोजेकै डिग्री गराईए,खान र लाउँनमा कुनै समस्या पनि दिएनन।कस्लाई आस हुँदैनर?आफुले पालेका नानी बाबुहरु आफ्नो बृद्धा अबस्थाका लाठि बनुन।सबैको सपना यस्तै ता हुँन्छ आफुले हुर्काएका बच्चाहरुले प्रतिकुल वा अनुकुल अबस्थामा पनि आमा बाबाको सहयोग गरुन।तर आज बाहिरको बुहारीहरुको अभिनय र त्सको प्रभावमा परेका छोराहरुले उनिहरुको यो सपनामा पनि प्रश्न तेर्छाएकै थियो।छोरी लाई ता अर्काको घरमा नगइ नहुँने हुँन्छनै।तर छोराहरु त मिलेर बसुन भन्ने इचछ्यामा पनि आज शंका लाग्यो।बुहारीहरुको त्यो कच-कच बाट छोराहरुको मनमा रिसवी लाई जन्मिदा।

उनिहरुको यो अभिनयले परेको दरारले सिला र शुभमको बचे कुचेको आस्थामा पनि पानी फेरेका थिए।उनिहरुको बचेको जिवन कष्टकर हुँने शंकेत थियो।सीलाका आँखा को डिल बाट बिस्तारै आँशुको ढीका खस्छ टप-टप उस्ले केहि बोल्न सक्दैन।शुभमले कत्ति महेशुर्ष नभयको अभिनय गर्दै आफ्नो कुममा राखेको गम्छा दिएर आँशु पुच्छन ईसारा गर्छ।

सीलाले आँशु पुच्दै गर्दा एति बेर लुकेर हेरीरहेको (नाती)स्यानो बाबु नजिकै आएर आफ्ना कम्ला औँलाले शुभमको हात छोप्छ।उस्का कम्ला औँलाहरुले शुभमको हातमा सप्रसगर्दा शुभमको हृदयमा सित्तल भयको अहेसाश दिलाउँछ।शुभमले बाबु तिर करुणाले भरीयको दृष्टीले नियाल्छ।उस्का आँखाहरुमा चमक थियो साहिद उस्ले’धन्दा नमान्नुश बाबा आमा म छुँ नी हजूरहरुको लागि भन्न चाहिरहेकाछन’शुभमको मनभित्र आर्को सपना पलाउँन थाल्छ।सीलाले बाबुलाई उचालेर आफ्नो छातिमा टाँसेकीछन जस्तोकी आफ्नो मुटु सँग सटाउँदा उनको दिललाई धेरै सकुन मिल्दैछ।बाबुलाई अलिबेर छातिमा लगाएर राख्दा यो भन्दा पहिलेका घावहरु बिस्तारै निको भयको महेशुर्ष हुँदैछ।उन्ले केहि बेर पहिले लागेका ति घाउहरुमा मलम लगाएर सितल्ताको अनुभुती गर्दैछन। हो यो संसार यस्तैताछ जस्तो हिँजो थियो उस्तो आज छैन,जस्तो आजछ त्यहि अबस्था भोली रहनेछैन।भाईर सिम-सिमे पानी परेकोछ मौसम चिसो हुँदैछ तर यँहा मनमा आगो बलेको महेशुर्ष भयको थियो सरीर बाट पसिना आएको छ।के यो कथा होईन जिवनको परिवारको त्यागको शंघर्षको अनि मम्ताको आदर्शको आकंक्षाको स्नेहको।बुढा बुढीले आँखाभरी जिवनमा देख्दै आएको सपना,आड र भरको आखिर कथानै ता हो जिवन। हिँजो शुभम र सिलाको मिलाप हुँनु भन्दा पहिले शुभमको संसार भाई बैना त थिए।

मात्र ब्याक्तिको जिम्मेवारी बढ्दै गयो अनुहार हरु फेरीए तर ब्यबहार बिचरमा आँशिक परिवर्तन भयपनि मूल रुपमा हिँजो भाई,छोरा अनि आज नातीमा टेक्न आएको पनि त्यही सपना त हो। अहिले साहिद शुभम र सीलाको सपनाहरुको पाईला आफ्नो नातीमा सरेकोछ।अनुहार बद्लिएकाछन नाता बद्लिएकोछ।तर स्वार्थ भाई छोरा बाट बिस्तारै त्यो कलिलो जस्लाई समाजको बारेमा जानकारी छैन।मष्तिक अँझै रित्तोछ निस्वार्थछ मात्रै उस्लाई स्नेह को लोभछ।

बिस्तारै उस्को मष्तिकमा भरिने ज्ञान कस्तोहोला यो अँझै गर्वमा छ।तर शुभम र सीलाको आशाको किरण भनौँ वा आउँदो भबिष्यको सपना अब यहि बाबु मा टिकेकोछ।१२-०७-२०२०,(कथा सिर्शक’सपना’ केहिदिन पहिले प्रकाशन भयको थियो,यसलाई पाठक बर्गले त्यसैको अर्को भाग बुझ्नुहोला।साथै कथा का घटना,नाम काल्पनिक हो।कसैको जिवन र अस्लि नाम सँग मेल खान गएकोमा मात्र सँयोग हुँनेछ।लेखक!)

चर्चामा

सम्बन्धित समाचार