बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • देश
  • वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार

वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार

  • मङ्लबार, असार १६, २०७७
वडाध्यक्षमाथि कार्यालयमै रड र लाठी प्रहार

 दाङको शान्तिनगर गाउँपालिकाका एकजना वडाध्यक्षमाथि कार्यालयमै आक्रमण भएको छ । उनीमाथि रड र लाठी प्रहार भएको दाङ प्रहरीले जनाएको छ ।  मंगलबार बिहान साढे ११ बजे वडा नम्बर २ का वडाध्यक्ष फर्साराम डाँगीमाथि अज्ञात समूहले रड र लाठी प्रहार गरेको  गाउँपालिका अध्यक्ष कमानसिंह डाँगीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काका अनुसार वडाध्यक्ष डाँगीको टाउको र हातमा गहिरो चोट लागेको छ। १० जना जतिको समूहमा आएकाहरु कार्यालयमा प्रवेश गरी आक्रमण गरेको गाउँपालिका अध्यक्ष डाँगीले बताए। वडा अध्यक्ष डागीको राप्ती प्रदेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । #अन्नपुर्ण

चर्चामा

सम्बन्धित समाचार