आइतवार, मंसिर १४, २०७७
  • होमपेज
  • समाज
  • योजना यस्तो बनोस नगरमा

योजना यस्तो बनोस नगरमा

  • बुधबार, जेष्ठ १४, २०७७
योजना यस्तो बनोस नगरमा

बिश्व संकटले बिश्व को अर्थतन्त्र तहस् नहस भएको छ ।स्वभाबिक रुपले नेपाल को अर्थतन्त्रमा त झन ठुलो असर परिसकेको छ । किन कि रेमिटेन्स उत्पादन आयत निर्यात मा ठूलो गिरावट देखिन्छ । अब असरी हेर्दा लाखौ युवाले रोजगारी गुमाएका छन भने लाखौ युबा श्रम बजार मा आएका छन । त्यसैले ती युबालाइ ब्यबस्थापन गर्नु अबको स्थानीय तहको काधमा आएको छ ।

ती युबालाइ कुन कुन क्षेत्र लगाउने तिनीहरु सङ कस्तो सीप क्षमता दक्षता छ त्यसको पहिचान गरि वर्गीकरण गर्न सक्नु र त्यस किसिम को योजना ल्याउनु ठूलो चुनौती रहेको छ र यी युबालाइ स्वदेश मै ब्यबस्थापन गर्ने ठूलो अबसर पनि मिलेको छ जस्ले गर्दा देश द्क्ष जनशक्ति को प्राप्त गर्दछ अनि देशको काजुली फेरिन्छ । अनि हाम्रै पालामा हामी सुखी नेपाली समृद्द नेपाल बनाउन सक्छौ ।

यस्तो परिस्थितिमा अब सबै भन्दा पहिले स्थानीय तहले ठोस योजना लिनुपर्छ जस्ले स्थानीय तहमा नै ठूलो उत्पादन गर्न सकोस जस्ले बजार लिन सकोस अनि बढी भन्दा बढी युबालाइ उत्पादन मा जोड्न सकोस चाहे त्यो एकल होस चाहे त्यो सहकारी को माध्यम होस जस्ले हजारौं युबालाइ रोजगार को माध्यम बनोस । यस्को लागि के गर्ने त कस्तो योजना ल्याउने त कस्तो क्षेत्र लाई प्राथमिकता दिनेभन्ने बिसयमा तपशिलका योजनालाई आजको आबश्यकता सङ जोडेर नीति कार्यक्रम र बजेट बिनियोजन गर्नु पर्ला ।

कृषि ;- देशको एक तिहाई बजेट अथार्त करिब २७ % योग्दान कृषि को रहेको छ अनि करिब ६४% मान्छे कृषि मा निर्भर छन यस्तो अबस्थामा नि देशले खाद्यान्न लगायत तरकारी फलफूल आदि आयत गर्दैछ । नेपाल को भु बनोट हर्दा सम्भावना नै सम्भावना भएको देश जहाँ हिमाल पहाड र तराइ छ । माटो को प्रकार प्रक्रुती हावापानी आदिको अबस्था हेर्दा लाग्छ बिश्व पाइने सबै किसिम बस्तु नेपालमा उत्पादन गर्न सकिन्छ । तर यस्को सहि मुल्यांकन अबस्थाको बणन आदिको बारेमा प्रस्त ग्यान हुन र जनतालाइ दिन जरुरी रहेको छ । कृषि मा सबै भन्दा ठूलो युबालाइ रोजगार दिन सकिन्छ । यस्को निमित स्थानीय तहले सबै भन्दा ठूलो रकम यश क्षेत्र मा बिनियोजन गर्नुपर्छ । यतिमात्र होइन कृषि को बारेमा हरेक युबालाइ लगानी को बाताबरण दिनुपर्छ अनि यस्को बारेमा ज्ञान् दिनुपर्छ ।

यस्को निमित युबालाइ चाहे एकल होस चाहे सहकारी को माध्याम होस अनुदान को ब्यबस्था गर्नु पर्छ र सम्बन्धित नगर बाट माटो परिक्षण गरि माटो सुहाउँदो बालिको छनोट गर्नु पर्दछ । यति मात्र होईन उत्पादित बस्तुको सहि मूल्य निर्धारण गरि बजारीकरण को ग्यारेन्टी नगर लिनुपर्छ अथवा बस्तु नगर किन्नु पर्छ । समय समयमा अनुगमन निरीक्षण मल बीउ बिजन सबैको ग्यारेन्टी राज्यले गर्नुपर्छ । सडक :- बिकास पुर्बाधार मध्य एक हो यातायात अर्थात सडक निर्माण जस्ले संजाल जोड्ने काम गर्दछ । अनि बजारीकरण को निमित्त सहयोग गर्दछ । यसको निर्माण मा जताततै डोजर ले अन्धाधुन्ध खनेको देखिन्छ जो बाताबरणिय हिसाब नि घातक जस्ले गर्दा निर्माण नभर बिनास भएको देखिन्छ अब सडकको दिगो र बाताबरण मैत्री बनाउनको लागि मान्छे द्दारा सडक निर्माण गर्नु पर्छ जस्ले हजारौं युबालाइ रोजगार दिलाउन सकिन्छ । यस्ले पनि युबाको ब्यबस्थापन गर्न सकिन्छ ।

पर्यटन :- बिश्व का सिमित सुन्दर देशको सुचिमा नेपाल पर्छ । जस्ले पर्यटन को माध्यम बाट हजारौं युबालाई रोजगार दिलाइन सकिन्छ । नेपाल हरेक ठाउँ क्षेत्र भाग जता सुकै पनि आ आफ्नै किसिम को बिशेस्ता बोकेको छ । तर ती क्षेत्रको पहिचान भएकोछैन र त्यो ठाउमा पुग्नको निमित सहज यातायात को ब्यबस्था पनि छैन र खान बस्नको निमित होटल पनि छैन अब यस क्षेत्र लाई बिश्यस महत्त्व दिनुपर्छ जस्ले गर्दा हजारौ युबालाइ रोजगार दिन सक्छौ । जस्तो बाजुरा को बडिमालिका को सरक्षेणको निमित अथवा पर्यटकिय बिकास को निमीत सबै निकायले ध्यान दिनुपर्छ । यस्को निमित यश क्षेत्र लाई निकुञ्ज आरक्ष वा सरक्षित क्षेत्र घोषण गर्न पहल चाल्नुपर्छ र यश क्षेत्र मा सहज जानआउन सक्ने गरि सडक निर्माण र बिदेश बाट पर्यटन आउनको निमित हवाई यातायात को निमित सघमा पहल थाल्नुपर्छ । जसले आन्तरिक र बाह्य पर्यटन आउन सकुन । जस्को निमित अन्तर्राष्ट्रिय विमान स्थल बाट सिधै बाजुरा जोड्नुप्रछ । यसको साथै बाजुरा मा रहेका अरु बुढिनन्दा नाटेश्वारी मौरे क्षेत्र छेडेदह लगायात पर्यटकीय सम्भावना बोकेका क्षेत्र को पहिचान गर्नुपर्छ । ब्यबहारिक

शिक्षा :- अब हरेक स्थानीय तहमा गरि खाने अर्थात सिपमुलक ब्यबहारिक शिक्षा को निमित स्कुल/ कलेज खोल्नुपर्छ । शिक्षा त हिजो पनि थियो तर त्यसले जीवन चालाउन सक्ने जीवन धान्न सक्ने भएन जसले हजारौं बेरोजगार मात्र युबा उत्पादन गर्यो । त्यसैले अबको शिक्षा ब्यबहारिक हुनुपर्छ जसले जीवन पालियोस र केही आर्जन गर्न सक्ने उद्दान गर्न सक्ने किसिम को शिक्षा हुनुपर्छ । जस्तै स्वास्थ शिक्षा कृषि शिक्षा जस्ता सस्थाको सके नगर आफै खोल्नुपर्छ यदि यस्तो अबस्था नसके अरु सामुदायिक अथबा अन्य तरिका बाट खोल्ने बाताबरण मिलाउनु पर्दछ ।

उधोग :- विश्वका विकसित मुलुक आज हामिले देखेजसरी धनी एक्कासि भएका होइनन् ती देशमा सोर्हौ सत्र्हौ शताब्दी मा नै औद्योगिक क्रान्ति भएका हुन । जसले बस्तुको उत्पादन गर्यो लगानी बिदेशी दिन दियन आयत घटायो निर्यात बढायो अनि हजारौं युबालाइ रोजगार दियो र स्वदेशी क्षमको देश मै ब्यबस्थापन गर्यो । अब यस्को निमित युबा त छन तर लगानी गर्ने आम्दानी छैन्न ग्यान मात्र भएर त हुदैन । यसैले अब उधयम गर्ने युबालाइ अनुदान दिनुपर्छ । यसो गर्न नसकेमा पनि रिणाको निशुल्क ब्याज उपलब्ध गराउनुपर्छ ।

स्वास्थ्य :- सबै भन्दा बढी तपाईं हुनुपर्यो तपाई हुनको लागि तपाईं को शरीर स्वस्थ हुनुपर्यो । यी माथिका सबै किसिम काम गर्न को लागि पनि मान्छे स्व्च्छ हुनुपर्यो । अनि मात्र सफल हुनसकिन्छ । यहिले आएको माहामारी पनि हाम्रो स्वास्थ लाई ख्याल नगर्दा यो रुपको अबस्था लगएको हो । त्यसैले अब हरेक नागरिक को जीवन रक्षा को निमित हरेक स्थानीय तहमा सुबिधा सम्पन सबैको पाहेक पर्ने ठाउँ विशेषज्ञ सहित हस्पिटल को ब्यबस्था हुनुपर्छतपाई हुनको लागि तपाईं को शरीर स्वस्थ हुनुपर्यो । यी माथिका सबै किसिम काम गर्न को लागि पनि मान्छे स्व्च्छ हुनुपर्यो ।

अनि मात्र सफल हुनसकिन्छ । यहिले आएको माहामारी पनि हाम्रो स्वास्थ लाई ख्याल नगर्दा यो रुपको अबस्था लगएको हो । त्यसैले अब हरेक नागरिक को जीवन रक्षा को निमित हरेक स्थानीय तहमा सुबिधा सम्पन सबैको पाहेक पर्ने ठाउँ अनि विशेषज्ञ सहित हस्पिटल को ब्यबस्था हुनुपर्छ । अन्त्यमा यो महामारि हरेक मान्छे लाई बाच्ने कला सिकायो हरेक मान्छेलाई आफ्नोपन अर्थात जम्मभुमी चिनायो । अब यस्लाइ नबनिमार्ण रुपमा एउटा अबसर को रुपमा लिनुपर्छ।हजारौं युबालाइ उत्पादन मा जोड्नुपर्छ ।

चर्चामा

सम्बन्धित समाचार