शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाइने

भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाइने

  • शुक्रबार, जेष्ठ २, २०७७
भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाइने

काठमाडौं । सरकारले हरेक स्थानीय तहमा ५ देखि १५ शय्यासम्मको अस्पताल बनाउने बताएको छ । राष्ट्रपति विद्या भण्डारीले संघीय संसद्को दुवै सदनमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भूगोल र जनसंख्या हेरेर स्थानीय तहमा ५ देखि १५ शय्याको अस्पताल बनाउने र स्तरोन्नति गर्ने बताएकी हुन् ।

सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोसी, नारायणी  भेरी र डडेल्धुराबाट विशिष्टीकृत स्वास्थ्य सेवाको उपलब्ध गराइने उनले बताइन् । ती अस्पताललाई ५०० शय्याका रुपमा विकास गरिने सरकारको लक्ष्य छ ।

मुलुकभरका ७ सय ६१ स्थानीय तहका वडाहरुमा पूर्ण खोप सेवा उपलब्ध वडा घोषणा गरिएको भण्डारीको दाबी छ । आगामी वर्षमा सबै वडामा खोप सेवा पु¥याउने उनले लक्ष्य प्रस्तुत गरिन् ।

चर्चामा

सम्बन्धित समाचार