शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बुढीगंगा
  • केही अराजक तत्वले आफुलाई काम गर्न नदिएको : मेयर शाह (भिडियो सहित)

केही अराजक तत्वले आफुलाई काम गर्न नदिएको : मेयर शाह (भिडियो सहित)

बिकाशकाे नाममा नगरपालिकामा राजनिती

  • बिहिबार, जेष्ठ १, २०७७
केही अराजक तत्वले आफुलाई काम गर्न नदिएको : मेयर शाह (भिडियो सहित)

लक्ष्मीराज पाध्याय–  केही अराजक तत्वले आफुलाई काम गर्न नदिने र नगरपालिकालाई खतरामा ल्याउने संकेत रहेको बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् । बडिमालिका खवरको नियमित बहस कार्यक्रममा नगरप्रमुख शाहले यस्तो बताएका हुन । उनले भने बिभिन्न राजनिती भए पनी नगरपालिकालाई कसरी अगाडी लैजाने भन्ने बिषयमा आफु निकै सचेत रहेको भए पनी काम गर्न नपाएको शाहको भनाई रहेको छ ।

जति अबरोध गराउन खोजेपनि जनताको काम गरेर नै छोडने र त्यहि अनुसार अगाडी बढेको शाहले वताए । बुढिगंगा नगरपालिकाका नगरप्रमुख दिपक बिक्रम शाहले सरकारबाट बितरण भइरहेको राहतमा कसैले राजनीति गर्न नुहने बताएका छन् । कोभिड १९ लाई मध्यनजर गर्दै बुढीगंगा नगरपालिकाले नगरक्षेत्रका किसानको तरकारी बारीबाटै खरिद गरेको गर्न थालेको नगरप्रमुख शाहले बडिमालिका खवरलाई बताएका छन् ।

लकडाउनको समयमा किसानलाई तरकारी बजारीकरण गर्न अप्ठेरो परेको बेला नगरपालिकाले खरिद गरेको दिपक शाहले बताए । नगरपालिकाले लकडाउनको समयमा दैनीक ज्यालादारी बिपन्न गरिव परिवारलाई राहत बितरण गर्ने थालेको बताए । तिनीहरुलाई खाद्यन्नका साथै हरीयो तरकारी पनि दिने ब्यबस्थाका साथ तरकारी किसानको बारीबाटै तरकारी खदिद गरेर रातहमा तरकारी पनि दिने गरेको नगरपालिकालका मेयर दिपक बिक्रम शाहले बताए । लकडाउनले तरकारी बजारीकरण गर्न नपाएका किसानलाई पनि राहात हुने र राहात पाउने दैनीक ज्यालादारी अति बिपन्न परिवारले पनि हरियो तरकारी खान पाउने भएपछि नगरपालिकाले यस्तो निर्णय गरेको नगर प्रमुख शाहले बताए । बिश्वसंगै नेपाल पनी कोरोना भाइरस बिरुद्ध लडिरहेका बेला बुढिगंगा नगरपालिका भने राजनितीमा अग्रसर भएको बुढिगंगा नगरपालिकाका प्रमुख दिपकबिक्रम शाहले बताए ।

यतिबेला देश बिदेश जताततै संक्रमणको जालोमा रहेको र आफु पनी नगरपालिकालाई कोरोना भाइरसबाट नगरपालिकालाई सुरक्षित गर्ने भन्ने बिषयमा चिन्ता लिइरहेका बेला हरेक दिन नयाँ नँया कुराले आफुलाई रुमाल्याई राखेको नगरप्रमुख शाहले बताए । नगरपालिकाका तिलक थापाले मन्त्रालय बाट नियुक्ती ल्याए त्यसको नौ दिन पछाडी नेकपाका केही नेताहरुले सोही नगरपालिकाका कर्मचारी नरेन्द्र नाथको नाममा निमित्त कार्यकारी बनाएर पठाउने खेल नै नगरपालिकामा राजनितीक रङ दिने काम भन्दा बाहेक अरु केही नभएको नगरप्रमुख शाहले बताए । संक्रमणकालिन अबस्थामा रहेका बेला बिभिन्न अराजक गतिबिधीले गर्दा आफु निकै कठिन परिस्थीतीमा रहेको नगरप्रमुख शाहले बडिमालिका खवरलाई बताएका छन् ।

साथै यतिबेला देश संकटको घडीमा छ यतिबेला जो जहा हुनुहुन्छ त्यही ठाउँमा सुरक्षित रहन अनुरोध समेत गरेका छन् । यदि कोही पनी आफ्नो नगरपालिकाका नागरिक पिडामा छन भने राहत दिने काम भइरहेको छ नगरपालिका वा वडामा समन्वय गर्न सबैमा अनुरोध समेत गरेका छन् । ज्यालादरी मज्दुरहरुको चु्लो बाल्न हर पल आफु सहयोग गर्न तयार रहेको नगरप्रमुख शाहले बताए । कुनै पाटिबाट उम्मेद्धार भएर जिते पनी म सिंगो नगरबासीको नेता हुन कोही कसैलाई समस्या भए जतीबेला पनी आफुलाई खवर गर्न सकीन्छ नगरप्रमुख शाहको भनाई रहेको छ ।

भिडियाे हेर्न र सस्क्राभ गर्न यहा किलिक गर्नुहाेला 

https://www.youtube.com/watch?v=G24Z8Y2erK0&t=12s

चर्चामा

सम्बन्धित समाचार