शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • आर्थिक अनियमितको अखडा बन्दै बाजुराका स्थानिय तह

आर्थिक अनियमितको अखडा बन्दै बाजुराका स्थानिय तह

  • आइतवार, जेष्ठ १२, २०७६
आर्थिक अनियमितको अखडा बन्दै बाजुराका स्थानिय तह

बाजुरामा १६ करोड भन्दा बढि बेरुजो

प्रकाश सिंह
बाजुरा, १२ जेठ
आर्थिक बर्ष ०७४-०७५ मा बाजुरा जिल्लाका ९ वटा स्थानिय तहमा १६ करोड २७ लाख २२ हजार २ सय ५७ रुपैया बेरुजो रहेको छ । त्यस्तै ५ करोड ३१ लाख ३५ हजार ८ सय ७५ भने अनियमित भएको भन्दै राज्यलाई अनिवार्य फिर्ता गर्नुपर्ने महालेखाको प्रतिबेदनले जनाएको छ । महालेखाको प्रतिबेदन अनुसार बाजुरामा अनियमित गर्ने अखडाको रुपमा बन्दै गएको देखाएको छ ।
महालेखाले बाजुराको नौ वटै स्थानिय तहमा बेरुजो र त्यसमा पनि अनियमित भएको अनिवार्य फिर्ता गर्नु पर्ने प्रत्येक स्थानिय तहमा देखाएको छ । राज्यलाई फिर्ता गर्नुपर्ने महालेखाले जनाएको भएपनि एउटा रकम पनि फिर्ता भएको छैन् । १० करोड ९५ लाख ८३ हजार ३ सय ८२ मा कागजपत्र नपुगेको प्रतिबेदनमा देखाएको भएपनि कागजपत्र पुयाउने काम समेत नभएको कोष तथा लेखा नियन्त्रण कार्यलय बाजुराका लेखापाल धन बहादुर थापाले वताएको छ ।
बेरुजो रकम सबै भन्दा बडिमालिका नगरपालिकामा ४ करोड ४३ लाख ४६ हजार ८ सय ७७ रहेको छ । यसमा अनियमित भएको अनिवार्य फिर्ता गर्नुपर्ने १ करोड तिन लाख ६४ हजार ८ सय १९ रहेको छ । बुढिन्नदा नगरपालिकामा २ करोड ८४ लाख ५७ हजार १ सय ८२ बेरुजो रहेको छ, यसमा अनिवार्य फिर्ता गर्नु पर्ने १ करोड १७ लाख ८१ हजार ९ सय रहेको छ । खप्तड छेडेदह गाँउ पालिकामा २ करोड ९१ लाख ६३ हजार ६ सय ८४ रहेको छ । यसमा ६२ लाख ७६ हजार ७ सय ४२ फिर्ता गर्नु पर्ने रहेको छ । गौमुल गाँउपालिकामा २ करोड ४५ लाख २९ हजार १ रुपैया रहेको छ, यसमा फिर्ता गर्नु पर्ने ६६ लाख २१ हजार १ सय ९९ रहेको छ ।
बुढिगंगा नगरपालिकामा १ करोड ५९ हजार ७ सय ७९ रकम बेरुजो रहेको छ, भने फिर्ता गर्नुपर्ने १० लाख १५ हजार ३ सय २३ रहेको छ । त्रिबेणी नगरपालिकामा ९७ लाख ३७ हजार ७ सय ८२ रहेको छ । अनियमित भएर अनिवार्य फिर्ता गर्नुपर्ने ४२ लाख ४३ हजार ६ सय ५५ रहेको छ । हिमाली गाँउपालिका ७० लाख ८१ हजार ८ सय ५५ रहेको छ । त्यस मध्ये ६२ लाख९७ हजार ५ सय ५२ रहेको छ । स्वामिकार्तिक खापर गाँउपालिकामा ८८ लाख २१ हजार ७ सय ७० बेरुजो रकम मध्ये अनिवार्य फिर्ता गर्नुपर्ने ६० लाख १२ हजार ९ सय ५ रहेको छ । सबै भन्दा कम जगन्नाथ गाँउपालिकामा रहेको छ । गाँउपालिकामा ५ लाख २४ हजार ३ सय २६ रहेको छ भने अनिवार्य फिर्ता गर्नुपर्ने ५ लाख २१ हजार ७ सय ७६ रुपैया रहेको महालेखाको प्रतिबेदनमा उल्लेख रहेको छ ।
कतै मुल्याङ्कन कम भएर रकम बढि भुक्तानि गरेको पाईएको छ । कोष लेखा नियन्त्रण कार्यलय बाजुराका निमित्त प्रमुख धन बहादुर थापाले भने स्थानिय तहमा निकै अनियमित भएको वताएका छन् । ठुलो रकम अनियमित भएको भएपनि कार्वाहि र असुल गर्न कतै बाट शुरु नभएको उनले वताए । कागजी प्रक्रिया नपुग्नु पनि भष्ट्रचार हाे थापाले थपे ।

चर्चामा

सम्बन्धित समाचार