बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • देश
  • अमेरिकामा बस्ने बाजुराकि चेलीले बाजुराका स्वास्थ्यकर्मीलाइ सर्जिकल मास्क सहयोग

अमेरिकामा बस्ने बाजुराकि चेलीले बाजुराका स्वास्थ्यकर्मीलाइ सर्जिकल मास्क सहयोग

  • सोमवार, बैशाख ८, २०७७
अमेरिकामा बस्ने बाजुराकि चेलीले बाजुराका स्वास्थ्यकर्मीलाइ सर्जिकल मास्क सहयोग

बाजुरा जिल्लामा अधिकांश हेल्थ डेस्कमा काम गर्ने स्वास्थ्यकर्मीले मास्क समेत नपाएको बडिमालिका खबरमा समचार प्रकाशित पछि अमरेकिा बस्ने नर्सले सर्जिकल मास्क सहयोग गरेकी छन् । बाजुराको बुढिगंगा १ कुडि घर भइ हाल अमेरीकामा नर्सिङ्ग पेशामा कार्यरत भाग्यश्वरी सिंहले स्वास्थ्यकर्मीलाई १८ सय सर्जिकल मास्क दिएकि हुन् । उनले चेकजाँच घटिने स्वास्थ्यकर्मीलाई भन्दै ४० हजार बराबरको १८ सय सर्जिकल मास्क सहयोग गरेकि हुन् ।
समचार प्रकाशित पछि पाटन स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पाटन अस्पतामा एमबिबिएस अध्यनरत बिद्यार्थी धनेन्द्र शाहीको समन्वयमा अमेरिका बाट भाग्यश्वरी सिंहले सहयोग गरेकी हुन । बुढिनन्दा नगरपालिकामा ४ सय, स्वामिकार्तिक खापर गाँउपालिका ३ सय, जगन्नाथ गाँपालिकामा ३ सय हिमाली गाँउपालिका ३ सय मास्क हस्तान्तरण गरिएको छ । त्यस्तै त्रिवेणी नगरपालिकामा ३ सय र बुढिगंगा १ मा रहेको स्वास्थ्य केन्द्रलाइ २ सय मास्क हस्तान्तरण गरिएको छ । मास्क जिल्लामा बडिमालिका खबरको समन्वयमा स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ ।


धनेन्द्र शाहीले भने मास्क समेत नभएको समचार आइसकेपछि स्वास्थ्यकर्मीलाई केही समयका लागि सहयोग होस भन्ने उद्देश्यले साथिहरुको समन्वयमा सहयोग गरेको शाहीले वताएका छन् । शाहिको घर बाजुराको स्वामिकार्तिक गाँउपालिका ३ जुकोट हो । भाग्यश्वरी सिंहले भनिन्, आफु अमेरिकमा भएपनि आफ्नो जिल्लामा जोखिममा स्वास्थ्यकर्मीले काम गरिरहेको समचार सुनेपछि सहयोग गरेको वताईन्, साथै आफु पनि नर्सिङ्ग पेशामा कार्यरत भएकाले थोरै भएपनि सहयोग गरेको बताए । बुढिनन्दा नगरपालिका स्वास्थ्य संयोजक आमेजंग शाहिले भने मास्क सहयोग बाट स्वास्थ्यकर्मीलाई ठुलो सहयोग भएको बताए ।

बाजुरामा स्थापना भएको हेल्थ डेक्समा मास्क र ज्वरो नाप्ने आइआर थर्मामिटर पनि नभएको पाईएको बडिमालिका खबरले समचार प्रकाशति गरेको थियो । बाजुरा जम्मा २१ वटा हेल्थ डेस्क, १५ वटा क्वारेन्टाइन र २ वटा आइसोलेसन कक्ष भएपनि अधिकांश हेल्थ डेक्समा मास्क समेत नभएको पाईएको थियो । यता स्थानिय तहले भने कपडाका मास्क बितरण गरेर लोकप्रियता कमाउने काम भइरहेको मात्र छ । आबश्यक सामाग्रीको ब्यबस्थापन भन्दा लुगा सिलाउने कपडा मास्क सिलाएर दैनिक जसो मास्क बाडेको समचार आइरहेका छन्, अबस्था हेर्दा फर रहेको नागरिक अगुवा जनेश भण्डारीले वताएका छन् ।
शुदुरपश्चिम प्रदेश सरकारले कोरोना भाईरस (कोभिड १९) संक्रमण निगरानि तथा रोकथाम सम्बन्धि हेल्थ डेक्स संचालन मार्गदर्शन २०७६ तयार गरेको छ । त्यो अनुसार भने स्थापना भएको हेल्थ डेक्समा कुनै पनि ब्यबस्थापन हुन सकेको छैन् । प्रमुख जिल्ला अधिकारी गंगा प्रसाद न्यौपानेले भन्छन्, हेल्थ डेक्समा लागि चाहिने आबश्यक सामाग्री अभाब भएकोले ब्यबस्थापन गर्न नसकेको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार