बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • अबिरल बर्षाका कारण पहिरो जादा साफे मार्तडी सडक अबरुद्ध

अबिरल बर्षाका कारण पहिरो जादा साफे मार्तडी सडक अबरुद्ध

  • शनिबार, भदौ २८, २०७६
अबिरल बर्षाका कारण पहिरो जादा साफे मार्तडी सडक अबरुद्ध
पाईल फोटाे

बडिमालिका समाचार
बाजुरा २८ भदौ । लगातारको अबिरल बर्षाका कारण बाजुराको साँफे मार्तडी सकड खण्डको बिभिन्न ठाउमा पहिरो जादा यातायात अबरुद्ध भएका छ ।
शुक्रबार राति परेको बर्षाले बुढिगंगा र बडिमालिका नगरपालिकाको सिमाना को द्धारी लगाएत अन्य थुप्रै स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यलय बाजुराले जानकारी दिएको छ ।
स्काई भेटरले बार्जुगाडबाट पहिरो पन्छाउदै आएको र जिल्ला प्रहरीबाट गएको टोलीले सदरमुकाम मार्तडीबाट पहिरो पन्छाई रहेको प्रहरी जवान उमेश अवस्थिले जानकारी दिए ।

अन्य ठाउ त सामान्य माथिबाट ढुंगान माटो आएकोले पन्छाएर गाडी चल्न थाले तर बुढिगंगा नगरपालिकाको अमकोटमा सडक चिरा परेको छ, यातायात संचालनको लागी एक दमै जोखी भएकोे जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी तथा निमित्त कार्यलय प्रमुख जनक ढुंगानाले जानकारी दिए ।

सामान्य संचालनको लागी त प्रहरीले बाटो खोलेउ तर दोहोरो संचालनको लागी डोजर आदै छ र बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारीसंग सल्लाह गरेर नया एलामेन्ट बनाउनु पर्ने देखिएको ढुंगानाले बताए ।
पहिरो गएपछि बाजुरा जिल्ला आउने र बाहिर जाने साना तथा ठुला सवारी साधनहरु विचमै रोकीएका छ । केही बेरमै सडक खुल्ने ढुंगानाले जानकारी दिए । साफै मार्तडी सकड कालो पत्रे भएको दुई वर्ष भएकोले नया एलामेन्ट भएकोले पानि आउने बित्तिकै पहिरो आउने हुदा यातायात अबरुद्ध हुने गरेको बताईएको छ ।

चर्चामा

सम्बन्धित समाचार