शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • देश
  • HIV सक्रमित भोके पेटमा औषधि सेवन गर्दै, स्वास्थ्य कमजोर हुदै

HIV सक्रमित भोके पेटमा औषधि सेवन गर्दै, स्वास्थ्य कमजोर हुदै

  • शनिबार, पुस १२, २०७६
HIV सक्रमित भोके पेटमा औषधि सेवन गर्दै, स्वास्थ्य कमजोर हुदै

बुढिगंगा नरपालिका ९ बस्ने १३ बर्षिय विकास विक एचआईभि संक्रमित बच्चा हुन् । उनि एआरभि सेवन गर्न लागेको १० बर्ष भयो । बुवाको एचआईभि कारण मृत्यु भइसकेको छ भने आमा जिवितै छन्, उनि पनि संक्रमित छन् । आर्थिक अबस्था कमजोर भएका विकास पोषण बिना एरआभि सेवन गदै आएका छन् । उनको स्वास्थ्य अबस्था दिनानु दिन कमजोर हुदै आएको छ ।
एआरभि सेवनले उनमा रगतको कमि भएको छ । जिल्ला अस्पताल बाजुरामा भर्ना भएका विकासलाई रगत कम भएको भन्दै रगत खोज्न लगाए । थोरै रगतम मात्र पाएकाले उनलाई जिल्ला वाहिर रिफर गरेको छ । स्वास्थ्य कार्यलयमा कार्यरत डा. दुर्गा महर्जनका अनुसार पोषण विना एआरभि सेवन गर्नाले उनको अबस्था कमजोर भएको वताए ।
विकास त एउटा प्रतिनिधि मात्र हुने उनि जस्तै शुदुरपश्चिमका एचआईभि संक्रमितहरु स्वास्थ्य अबस्था कमजोर हुदै गएको छ । संक्रमितहरु पोषण विना नै खालि पेटमा एआरभि खाने गरेका छन् । आर्थिक अबस्था सँग उनिहरुले पोषणयुक्त खान नपाउने भएकाले संक्रमितहरुको स्वास्थ्य अबस्था निकै कमजोर हुदै आएको उनिहरुले वताएका छन् ।
बुढिगंगा –८ बस्ने जला रावलले एआरटि औषधि सेवन गर्न लागेको ७ बर्ष भईसकेको छ । ५ बर्ष पहिला सम्म उनि एआरटि औषधि सँगै पौष्टिक आहार (लिटो पिठो) समेत पाउने गर्छिन । औषधि सँगै पौष्टिक खाने गर्छिन । त्यति बेला तिनको स्वास्थ्यमा राम्ररै थियो । सरकारले २०६९ माघ महिना देखि पौष्टिक आहार नदिने भएपछि जला रावल खालि पेटमा एआरटि औषधि खाने गरेकी छन् । खालि पेटमा औषधि खानाले उनमा कमजोरी पन देखि लिएर स्वास्थ्यमा प्रतिकुल असर परेको छ । उनमा बाच्ने आस पनि घटदै गएको छ ।
अछाम दर्नाकी एचआइभि संक्रमित गंगा थापाले भनिन् ‘के गरर्ने भएको सम्पत्तिले श्रीमानको औषधि गरयौ, श्रीमान पनि बचेनन् अनि खानलाई सम्पत्ति पनि छैन् । घरमा पौष्टिक आहार खान पाउनदैन खालि पेटमा एआरटि सेवा खानाले निकै कमजोरी र बिरामी भएको थापाले बताईन्’ । खालि पेटमा एआरटि सेवनले संक्रमितलाई निकै समस्या भएको सिअहेब दिपक शाहले वताए । उनले भने २०६९ माघ सम्म नेपाल सरकार अन्र्तगत बाल स्वास्थ्य महाशाखाले एआरटि सँगै पौष्टिक आहार दिदै गरेको थियो । तर त्यसपछि भने एका एक रोकेको बताए । पौष्टिक बन्द पछि एआरटि सेवन गर्नेको स्वास्थ्य कमजोर हुदै आएको उनले थपे ।
अधिकांश एचआईभि संक्रमित ब्यक्तिहरु गरिब र न्युन आर्थिक स्थितिका रहेका छन् । “सामान्य छाक टार्न त धौ धौ छ, कसरी पौष्टिक आहार किनेर खाने सारै पिडा बाँच्न बाध्य भएका संक्रमित मिना बिकले बताईन् । बिहाना बेलुकि छाक टार्न त दैनिक ज्याला मजदुरी गर्नुे पर्ने बाध्यता रहेको छ । कमजोरी हुदै गएपछि अन्य संक्रमण समेत बढदै गएको स्वास्थ्य कर्मीले बताएका छन् । एचआईभि संक्रमित पिडै पिडा बाच्न बाध्य भएपनि सरकारले कुनै वास्ता नगरेको अधिकारकर्मीले बताएका छन् । औषधि सँग कुनै पोषण युक्त खानेकुरा नहुँदा उनिहरुमा पोषणको समस्या हुदै आएको बाह्रविस स्वास्थ्य चौकीका ईन्चार्ज कुल बहादुर रावलले वताएका छन् । कमजोर हुँदा उनिहरुमा बिभिन्न खाले रोगको संक्रमण हुन थालेको रावलले वताएका ।
पौष्टिक आहार खान नपाँउदा एचआइभि संक्रमितहरुमा रगतको कमि देखा पर्ने समस्या भईरहेको स्वास्थ्यकर्मीले बताएका छन् । शरिरमा रगतको कमि भएमा एआरटि सेवन गर्न समेत समस्या हुने गरेको छ । नेपाल सरकारले दिदै आएको पौष्टिक आहार बजेट अभाब भएको भन्दै रोकिदि पछि खालि पेटमा औषधि खाने गरेको क्षेत्रिय स्वास्थ्य निर्देशनालय दिपायले जनाएको छ । नेपालमा एचआईभि संक्रमित ४९ हजार ३ सय ९६ जना रहेको ति मध्ये १२ हजार ४ सय ४४ ले एआरभि सेवन गर्न लागेको वताए । सबै खाली पेटमा औषधि खाने गरेको राष्ट्रिय यौन निवारण केन्द्रले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार