शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • कालोपत्रे गरेको दुई बर्षमै पहिरोको चपेटामा साफेँ मार्तडी सडक

कालोपत्रे गरेको दुई बर्षमै पहिरोको चपेटामा साफेँ मार्तडी सडक

  • बुधबार, साउन २९, २०७६
कालोपत्रे गरेको दुई बर्षमै पहिरोको चपेटामा साफेँ मार्तडी सडक
लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउँ ठाउँमा पहिरो आएपछि सडक तहस नहस

बडीमालिका खवर
बाजुरा २९ साउन :  लगातारको बर्षाले साँफे मार्तडी सडक खण्डको ठाउँ ठाउँमा पहिरो आएपछि सडक तहस नहस भएको छ । २०७५ जेठमा मार्तडी सम्म कालोपत्रे गरेर सकेको सडक छेदबिछेद भएको छ ।
पहिराले बार्जुगाड, गुईगाड खोलाको पुल नजिकै,बल्दे,अम्कोट,तिपाडा, पानिनाउला लगायतका ठाउँमा सडकको माथि र तलबाट पहिरो सडक भासिएपछि यातायात सडक अवरुद्ध बनेको यातायात ब्यबासायीहरुले बताए ।
सडकको ठाउँठाउँमा पहिरो खस्दा सडक अवरुद्ध बनेसंगै यातायातका साधन तथा स्थानीयलाई समेत आवतजावत गर्न समस्या भएको जय मालिका यातायात बस व्यवसायी पृथ्वी रावलले बताए । वर्षाले द्धारीमा पहिरो गएपछि लामो तथा छोटो दुरीका यातायातका साधनहरु बल्दे बजार भन्दा माथि आउन नसकेको यात्रु हिरा रावतले बताए ।
त्रिबेणी नगरपालिका ९ पैमाबाट आएको पहिरोले बुढिगंगा नदिलाई बुढिगंगा नगरपालिका १ को अम्कोटको भागमा कटान गरेपछि सडक भाँसिएको हो । सडक भासिदा बुढिगंगा नगरपालिका २ अम्कोटका सात परिवारले घर छोड्नु परेको स्थानीय दीपक खत्रीले बताउनुभयो । विस्तावित परिवारमा बुढिगंगा नगरपालिका १ का टिकाराम पाध्याय, माीराम पाध्याय, लीलाराम पाध्याय, हिरा पाध्याय, धौल्या पाध्याय, लाल पाध्याय, टिकाराम पाध्याय रहेका छन् । विस्तापीत परिवार मध्य केही परिवारले अघिल्लो बर्ष नै घर छोडेका र केहीले साउनको दोस्रो सातामा घर छोडेर छिमेकीको घरमा बसेको खत्रीले बताए ।

चर्चामा

सम्बन्धित समाचार