बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • उपमेयर तारा खातिले कर्मचारीलाई सोधेको स्पष्टिकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक

उपमेयर तारा खातिले कर्मचारीलाई सोधेको स्पष्टिकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक

उपमेयर खाति भने आफुले सार्वजनिक नगरेको दाबि गर्छन

  • बुधबार, चैत्र २६, २०७६
उपमेयर तारा खातिले कर्मचारीलाई सोधेको स्पष्टिकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक

बुढिगंगा नगरपालिकामा एक कर्मचारीलाई सोधिएको स्पष्टिकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । स्पष्टिकरण जस्तो पत्र जसलाई सोधेको उसलाई दिनुपर्ने र यसरी सार्वजनिक नगर्नुपर्ने भएपनि उपमेयर तारा खातिले नगरपालिकाका प्रशासन अधिकृत नरेन्द्र नाथलाई सोधेको स्पष्टिकरण पत्र सामाजिक सञ्जालमा सार्वजनिक भएको हो । यस्ले नगरपालिकाको बिश्वसनियता माथिनै प्रश्न उठाएको छ ।
स्पष्टिकरण पत्र गोपनियताको कुरा हो, मेरो गोपनियता हनन गरयो, मेरो बेज्जती गरयो भनेर गालिबेजतीमा सम्बन्धित ब्यक्तिले अदालतमा जान सक्ने प्रमुख जिल्ला अधिरकारी गंगा प्रसाद न्यौपानेले वताएका छन् । यसरी कसैको पनि चरित्र हत्या हुने गरी सार्वजनिक गर्न नपाउने प्रजिअले वताए ।
नरेन्द्र नाथलाई सोधिएको स्पष्टिकरण पत्र संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, लोकसेवा आयोग दिपायल, जिल्ला प्रशासन कार्यलय बाजुरा र कोष लेखा नियन्त्रण कार्यलय बाजुरामा बोदार्थ पठाईएको थियो । उपमेयर तारा खाति भने सम्बन्धित ब्यक्ति र बोदार्थ पठाएको कार्यलय भन्दा अरु कुनै ठाँउ नपठाएको सामाजिक सञ्जालमा कसरी आयो आफु अनबिज्ञ भएको वताउँछन् । यसरी ब्यक्तिलाई सोधेको पत्रनै सामाजिक सञ्जालमा आउनुले नगरपालिका माथि गम्भिर प्रश्नखडा भएको छ ।
नरेन्द्र नाथलाइ उपमेयरले तिन बुदाँ स्पष्टिकरण सोधेकी छन् । मेयर, उपमेयर बिना बैठक सञ्चालन गर्न नपाउने भएपनि वडा अध्यक्षको अध्यक्षतमा बैठक के कति कारणले गरेको हो त्यसको उचित जवाफ पेश गर्न भनेकी छन् । त्यस्तै जेष्ठ कर्मचारी हुँदा हुदै आफु जेष्ठ कर्मचारी भनेर केकती कारणले नगरपालिकाको लेटर प्याड प्रयोग गरेर पत्रचार गरेको र गलत नियत राखेर राजनितिक दल प्रयोग गरेर कार्यलयको वाताबरण धमिलो बनाउने काम गरेको भन्दै स्पष्टिकरण सोधिएको छ ।
बैठकको अध्यक्षता गर्ने र बैठकमा सहभागि हुने सदस्यहरुलाई भने उपमेयरले केही भनेकि छैनन् । तर नरेन्द्र नाथलाइ भने स्पष्टिकरण सोधेकि छन् । नरेन्द्र नाथ भने मन्त्रालयलको पत्रचार अनुसार काम गर्न खोजेको हो, यसमा आफ्नो कुनै गल्ति नभएको वताउँछन् । तर सामाजिक सञ्जालमा स्पष्टिकरणको पत्रलाई लिएर आफ्नो बेज्जत गरेको नाथ वताँउछन् ।
यता कोष लेखा नियन्त्रण कार्यलय बाजुराका एक कर्मचारीले त्यहि पत्र बाहिर सार्वजनिक गर्ने काम गरेको भन्दै कोलेनिका बाजुरा पनि विवादित भएको छ । नेकपकाका नेता भरत थापाले गोप्य पत्र पनि सार्वजनिक गरेको भन्दै एककर्मचारीलाई फोन मार्फत थर्काएको अडियो सार्वजनिक भएको छ । कोलेनिका बाट कार्यलय प्रमुख र सुचना अधिकारी बिना नै सुचना बाहिर गएको कोलेनिका बाजुराले पनि स्वीकार गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार